प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

के‌ छ मित्र अब आउने हैन त खाडी ? देश त फेरी पनी माफिया तस्कर दलालको हातमा पुर्याउनु भो क्यार त्यसमा तपाइको ठुलै हात होला बाउ बाजेको बिडो र राम्रो प्रतिनिधि सहि छनौट गर्न चुक्नुभो त‌ यो पार्टी म त्यो पार्टी र जित पछी‌ संसार नै आफुलाइ पुगेजस्तै गरी भुक्नु भो दुइदिनको चुनावी रमझम एक हातमा बियरको‌ बोटल अर्को हातमा खसिको सितन फ्रिको पेट्रोल वा क्या बात है वै था न मजा त्यही दिनले देशले भोगेको यो दुर्दशा बरैनी अहिले जेल बस्नु पर्ने मान्छे मन्त्री बन्छ विचारा हामी नेपाली ........हातमा हटकडी र जेलको चिसो‌ कोठा या फासि पाउनु पर्ने ब्यक्तीले फेरि युवायुवती बेच्ने लाईसन पाए कथै मेराे देश

म दुबैमा छु पाच बर्ष भो केही समय बाहिर बसी केही सुख्ख‌ दुख्ख थोरै धेरै पैसा‌ जम्मा गरी आफ्नै देशमा केही गर्छु र नेपाल फर्केर आफ्नै परिवार संग हांसी खुसी रहुला भनेर सुनौलो सपना देखेर आएको अब घर फर्किन्छुकि भनेर सोचिरहेको बेलामा नेपालको अहिलेको अवस्था र सरकार देखेर देश फर्किन मनै भैदिएन यार यही बाट फेरी अर्को भब्सिय खोज्दै अलि गतिलो देस छिर्नु पर्छकि भन्ने मनमा खुलदुली भैराछ यही अवस्थामा नेपालमा भबिस्य देखेको छैन मान्छे बेच्ने देशमा रातदिन नभनी दुख्ख पसिना गरेर‌ कमाएको २ ,४ रुपया सम्म bank मा पैसा सम्म सुरक्षित हुन्छ जस्तो लागेन

हुनत हो नेतालाइ दोस दिनु नि बेकार लाग्छ मलाइ सर्ब प्रथम आम नेपाली जन्ता सुध्रिनु अनिवार्य थियो किन भने जन्ताले गदार नेतालाइ भोट् हाल्नु को परिणाम हो हुनत यो कुनै नौलो कुरा पनी होइन विश्वको सबै भन्दा कम चेतना दिमाग  भएका ठाउको मान्छे न हौ जाहा  तस्कर दलाल माफियाहरुलाइ भोट दिएर जिताएर पाठाउछौ


  अब देश अन्तर्राष्ट्रिय नै बन्छ बन्ने भो रोजि रोजि  खोजि खोजि तपाइ युवा भनिनेले त्यो ठाउमा पथाएको हो तेही बेला लखटे भए आज यो दिन पक्कै आउने थिएन जस्तोलाइ भोट दिनुभो देश उस्तै बन्छ दिन गयो नेपालमै केही गर्छु र‌ आफ्नै परिवार संग हासी खुसी रहौला भन्ने अब हामी युवाहरुको नेपाल बस्ने दिन गयो खाडि जानि हो आउनुस खाडी well come khadi तपाइ युवाहरु पातकी हुनुभो थाङ्गनामै सुत्नुभो अब देशको जिम्मेदारी भ्रष्टाचारी र मानब बेचुवाहरु सुम्पनुभो अव तपाइको के काम भाउजुले गर्नुहुन्छ तपाइको देशको रक्षा
Well come खाडी मित्र


Bottom Ad [Post Page]

Colorlib