प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

दुइ चार शब्द भएपनी खुशी सापट उनीले दिइरहन्थिन म सुनेर भएनि मुस्कुराइरहे ........उनी कुनै महँगो खेलौना जस्तै थिइन् म कुनै गरीब बच्चा जस्तै बस् हेरी मात्रै रहन्थे "सम्बन्ध" हमेसा पुतली जस्तै रहेछ साथी बेस्सरि समात्यो त मर्ने ,बिस्तारै समात्यो उडेर जाने, प्रेम पुर्वक समात्यो हातमा आफ्नो रङ्ग छाडेर जाने रहेछ त्यस्तै रहेछ उनको माया पनी ......


प्रिय अन्छु

तिमीलाई राम्रो संग थाहा छ .........जतिसुकै रङ्गिन होस दुनियाँ तिमी बिना मेरो जिवन अधुरो अपुर्ण शुन्य शुन्य हुन्छ भनेर...... हो तिमीले मलाइ जुन हेर्न सिकायौ, जुन सँग कुरा गर्न सिकायौ, जुन हेरेर रमाउन सिकायौ तर तिमी म संग नहुदा एक्लै खुसी मन बुझाएर जिउन कहिल्यै सिकाएनौ... ।  तिमीले मलाई एक्लै बनाइ छाडी गएसी तिम्रो यादले धेरै रुवायो  शारीरिक र मानसिक रुपमा दिनभरिको थकित शरीर........जब रात पर्छ तिम्रो याद गर्दा गर्दै जोडिएका परेलिहरु,अनि सपनिमा तिम्रो साथ......सम्झदा लाग्छ पुनःपिडा  दिन कहिल्यै नआउन.....  जुन हेर्योकी तिम्रो सम्झनामाले यो मन धेरै भत्कानीने पिडा दिने त्यसैले ति जुन संग टाढा बस्न शरीरलाई कोठामा कैद गरी छुपाइरहे जुन हेर्न नपाओस भनी शरीरलाई डोरीमा बाँधे तर मनलाइ केही गर्न नसकिने रहेछके अन्छु..... पल पल तिम्रै सम्झनाले मनकै लगाममा शरीर लत्रीरहदो रहेछ के..... म के गरु  ? कयौ रातहरु ति जुन संग धेरै रोए धेरै कराए र पनी ति जुनले कहिल्यै मेरो कुरा सुनेन मलाइ देखेर नि अनुत्तरित भइदिए मलाइ एकहोरो हेरिमात्र रहे.......

                   हो तिमी त मलाइ छोडी दुर भयौ फेरि पनी कोसिस गर्दैछु तिमीलाई भुल्ने तिमी सधै बगिरहेको खोला जस्तै सुसेली हाल्दै बगिरहनु जुन झैँ चम्किलो तिम्रो त्यो मुहार ति अँधेरा रातहरुमा खुलस्त चम्किरहनु जाहा छौ खुसी हुनु तिमीलाई अनगिन्ती शुभकामना ........! 

उही..................!


Bottom Ad [Post Page]

Colorlib