प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

अरुको देखेर लाउ लाउ खाउ खाउ सानदारका साथ पैसा कमाइ बबाल life बिताउछु भनेर देखेको यो  कुखुरे बैँशले ल्याइपुर्याएको यो टनटन्टी पोल्ने  यो खाडीमा कहिल्यै पुरा गर्न सकिएन गाठे आफुले देखेका सपना र रहरहरु....... 

आफन्तीहरु बिदेश बाट आउदा ओहो नि क्या चिटीक्क  भएर हिनेछ मिठा मिठा खाछन राम्रा लगाछन घुम्न गाछन साथीभाइ हरु संग राम्रो संम्बन्ध इज्जत पाएको छन यि यस्तै यि यस्तै दुइदिने रमझम देखेर म नि  पढाइ, र गाउघर छाडेर पैसो कमाइ आफ्ना रहर र सपनाहरु पुरा गर्छु भनी उछुट्टीएको म एक सिठा........ गोरुले दइ हाले जस्तै एकै ठाउमा घुमेको घुमेइ गरेको नि दिन महिना र बर्ष गन्दा गन्दै नौ बर्ष पो भएछ क्षणिक सपनाहरु पुरा गर्न सानैमा हिनेको तोरी अझैसम्मा फुल्नै सकेछैन च्यातिएको झोलामा करोडौंको सपना बोकेर हिँडेको झिल्के यहा आएपछी त झनै अभाव भै अभाव को जिन्दगी पो जिउन बाध्य छु यहा आएपछी केही मलजल होला र तोरी धकमक्क फुल्ला भन्ने सोच्थेँ यहा त एउटा मिचुवा सुरती किन्न सम्म पैसो हुन्न रच...... ५०° को गर्मीमा रातो र पिरो हुदै टप्प टप्प चुहिएको पसिना पुछ्दै दिनदिनै गोरुले दए जस्तै १२ घण्टे काम मा घोटीदै  दिन जान्छ यसरिनै महिना मर्छ महिना मरेपछी उही त हो आशा तलब......  तलब कहिले दिन्छन त कहिले रोकीदिन्छन घरतिर बाट पैसो को कचकच ......तलब पाउनासाथ आफुलाई खाना खर्च राखेर घरतिर पठायो अनि त आफ्नो खल्टी रित्तै.....  यसरिनै हप्ता बित्यो  महिना बित्छ र साल बित्छ  घर आउने दिनहरु क्यालेण्डर हेर्दै यि मनहरु घर फर्कन चाहान्छन र पनी आफ्नो मेरो सपनाहरु अधुरा छन, अधुरा सपना र पैसाको अभावले कयौ बर्षहरु यही खाडीमा झुल्लीरहे...........


ए तपाइलाइ थाहा छ साथी कैयौ साथीहरु म संग दुखी छन रने,पुर्ने,जय,अन्तिम ,सुरज, संजय, भक्ते, बिमले, संकरे, बिट्टे, बिनोदे , हेमे, टुके , फुस्रा,मोटे, इन्द्र, कमले,साइला, चरी, दिपे,हेमे,कान्छा, शुनिले प्रदिपे,......... ......सबै सबैले भुले बिर्से कमाउने भयो अब हामीलाई काहा सम्झिन्छर ठुला मान्छे पल्टे नि सोच्दै होलान यस्तो नसोचौं  न ए साथी धेरै सम्झन्छु धेरै याद आउछ बिगत तिनभाके लेमधेमको ट्याङ्कीमा साझ साझ सबै मिली बोटल पल्टाको र वाकस्या पोलेको र गाउघरमा संगै मिली छमछमी नाचेको ..... साच्चिकै सुन्दर खुसी थिए ति दिन धेरै याद आउछ बिर्से नभने मन त दुख्छ हौ लो न साथी भनेर यहा आफुलाई परेको पिडा बाड्न नमिल्ने रोन मात्र मन लाग्छ आँखाभरी याद र सम्झना र यहाको दुख्ख सम्झेर आँखाभरी आँशु टिलपिल टिलपिल रसाउछ..... ‌‌ के गर्नु मर्दको छोरा भएसी देखाएर चित्कार ,डाको छाडेर रोननि नमिल्दो रहेछ के साथी हामी केटा मान्छेलाई रोनको लागी कि त अध्यारो कोठा ,या त एकान्तमा लुकी लुकी आफ्ना पिडाहरु अशुका भेलमा बगाउनु पर्दोरहेछ कहिलेकाहीँ म ब्यस्त हुदा हराउन सक्छु  भुल्यो मोया मार्यो चै नभने है साथी...... घरपरिवारमा मात्तिएर आफ्नो जिन्दगीको लडाइ लड्न चुमुक चुमुक गरेको म झिल्के आज आएर नि आफ्ना सपना चाहानाहरु पुरा गर्ने चक्करमा केही उभो लाग्न नसकी भित्री मन देखीबाट नै सबै रहर सपना आशाहरु टुटीसकेको छ जस्ताको तस्तै छन मिठा सपना देखेर झिल्के भै कलकलाउँदो जवानी लिएर आएको सिठा यो खाडीमा दिनप्रतिदिन ओइलिदै छन म मात्र हैन कयौ सपनाका झिल्केहरु  

हो रहेछ एक उमेरमा मान्छेका लोभी मनहरु पनी हतार हतारमा निर्णय गर्छन पर सर्छन हराउंछन जिवनको अस्तित्वलाई चुनौती दिन्छन र अनी सपना संगै केही गर्न नसकी ओझेल पर्छन जिवन देखी हरेस खान्छन अनी सपनाहरु पनि निरीह बन्छन कागजका फुलहरु जस्तै निरश देखिन्छन फुल्दै नफुली झर्छन। एक दिन  घाम जस्तै उदाउनु छ भने उमेरमा केही गर्न सक्ने सक्षम बनी अगाडी बढ्नु त्यसपछी मात्र तिम्रो जिवन सदा ढकमक्क फुल्नेछ 

रहर त लाग्दोरहेछ हो साथी धेरै पैसो कमाउने र सुन्दर खुसी जिन्दगी बिताउने के गर्नु पैसा संग हास्ने रमाउने उमेरमा आफ्नो जवानी जिन्दगीभरी खाडीमा बिताउनुपर्दा कत्ती मन रुदोहो, आज धेरै सम्झन्छु सानो हुँदा आमालाई एउटा रोटी माग्दा अर्को थपेर दुइटा दिनुहुन्थ्यो, बाबालाइ १० रूपैयाँ माग्दा २० रूपैयाँ दिनुहुन्थ्यो पछि गएर उहाँहरूले १०० रूपैयाँ माग्नुभयो भने मैले २०० दिन सकेँ भने पुग्थ्यो त्यो भन्दा धनि हुनु थिएन मलाई... ‌...अझै कत्ती राख्छस ए जिन्दगी यस खाडीमा  बस गर अब त अती भयो .... ‌‌कति (कमाएर धनि भइन्छ... भनिदेन ए जिन्दगी कति रहर मारेर खुसी हुन पाइन्छ आफ्नै दुनियामा)

                     एक कप खुसी एक मुठ्ठी सपना.....! कहिले तितो त कहिले मिठो पिउदै जाउ साथी हरेक स्वाद ज़िन्दगीको ...!!!

Bottom Ad [Post Page]

Colorlib