छवि राना मगर । नया बर्ष २०१८ सुरू भए संगै युटुबले सबै युटुब क्रियटर (अपलोडर) लाई नया मापडन्ड लागू गरेको छ । जसमा पोहोर साल 10 हजार भ्युज नभएको च्यानललाई मनिटाईज गर्ने सेवा दिईएको थिएन जसबाट नया युटुबर लाई ठाडै मर्का परेको थियो । तर अब भने पूरा तथा ठुला युटुबरलाई पनि झट्का लाग्ने भएको हो ।
युटुबले आज देखी लागू भएको नियम अनुसार मनिटाईज एक्टिभ हुनुको लागि 1 बर्ष भित्रमा ४ हजार घण्टा भिउ टाईम होल भिडियो तथा १ बर्षमा १,००० Subscriber अनिबार्य रूपमा बढेको हुनुपर्ने छ । अर्थात करोडौ भ्युज भएपनि हेरेको पटक नगनीकन कति घण्टा हेर्यो भन्ने कुरालाई युटुबले मान्यता दिनेछ । यदि तपाई पुरानो युटुबर तथा धेरै सब्सक्ाईबर भएपनि ४ हजार घन्टा वाच टाईम र बर्षमा 1 हजार Subscriber Gain मएन भने पनि तपाईको चलिरहेको मनिटाईजेसन पनि डिस्याबल हुनेछ । तर युटुबले साफ संग भनेको पनि छ जब तपाईं माथीका टर्म पूरा गर्नुहुन्छ फेरि मनिटाईजको लागि एप्लाई गर्न सक्नुहुनेछ ।