प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

20180124_090140
२०७४, माघ १० ,नव प्रभात युवा क्लबको आयोजना, बिन कुमारी स्मृति प्रतिष्ठानको सहकार्यमा बिन कुमारी स्मृति मेलाको आयोजना हुने भएको छ । कार्यक्रम यहि मिति २०७४ साल माघ १६ गतेदेखि २० गतेसम्म मादी गाउपालिका- ९ मुग्रीमा आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी , विशिष्ट अतिथ पुर्व सांसद राजकाजी तमु 'करण', विशेष अतिथि कृष्ण केसी (अध्यक्ष नेपाली कांग्रेस कास्की) , विशेष अतिथि वखान सिं तमु 'आभाष' (अध्यक्ष नेकपा माअोवादी कास्की) समान सहभागिता रहने छ । उक्त कार्यक्रममा खुल्ला मैत्रीपूर्ण फुटबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, रास्ट्रिय कलाकारको सास्कृतिक प्रस्तुति, स्थानिय युवा क्लबको सास्कृतिक प्रस्तुति, सामुहिक रसि तान्ने प्रतियोगिता, छेलो प्रतियोगिता र भाले जुधाई प्रतियोगिता हुने आयोजकले जनाएको छ । मेला यहि मिति २०७४ साल माघ १६ गते देखि २० गते सम्म जारी रहने उक्त कार्यक्रममा खुल्ला एकल नृत्य प्रतियोगिता माघ २० गते बिहान ११ बजेदेखि सुरु हुने सास्कृतिक उप -समितिका संयोजक नियोना गुरुङले जानकारी दिनुभयो । खुल्ला एकल नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगिलाई बीस हजार नगदराशी सहित बिन कुमारी स्मृति अवार्ड र प्रमाण-पत्रले सम्मान गरिनेछ , त्यसैगरी द्रितिय स्थान हासिल गर्ने प्रतियोगिलाई बाह्र हजार नगदराशी सहित प्रमाण-पत्रले सम्मान गरिनेछ ,त्यसैगरी तृतिय स्थान हासिल गर्ने प्रतियोगिलाई आठ हजार नगदराशी सहित प्रमाण-पत्रले सम्मान गरिने मूल आयोजक समितिका संयोजक लप्सन गुरुङले जानकारी दिनुभयो ।

Bottom Ad [Post Page]

Colorlib