काठमाण्डौ-
नेपाली खेलाडी डिल्लीबाट खेलेका सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा प्रभावशाली सुरुवात गरेका थिए
दिल्ली डेयरडेभिल्सको १२ औं खेलमा गएराती ‘डेब्यू’ गरेका सन्दिपले रोयल च्यालेन्जर्स बैंग्लोरका पार्थिव पटेलको विकेट लिएका थिए भने यसका बाबजुद दिल्ली विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरसँग ५ विकेटले पराजित भयो ।नियमित खेलाडी ग्लेन म्यासवेलको ठाउँमा खेलेका सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिएका थिए भने आफ्नो दोस्रो ओभरमा पार्थिवको विकेट लिएका सन्दीपले कोहली, डे भिलायर्स र मोइन अलीविरुद्ध पनि बलिङ गरेका थिए ।पहिले व्याटिङ गरेको दिल्लीले दिएको १सय ८२ रनको विजयी लक्ष्य बैंग्लोरले कोहली र डे भिलायर्सको अर्धशतकसँगै खेलमा १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा पुरा गरेका थिए।