प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा नेकपा माओवादी केन्द्रका मन्त्रीहरु अनुपस्थित भएका छन् ।  काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सबै मन्त्रीहरुलाई बोलाइएको भएपनि माओवादी मन्त्रीहरु असन्तुष्ट बन्दै सहभागि  नभएका हुन् । मोदीको नेपाल भ्रमणबारे माओवादी मन्त्रीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै परामर्श नगरेको तथा शुक्रबार ओली र मोदीबीच भएको अरुण तेस्रोको सिलन्यास कार्यक्रममा पनि विभागिय मन्त्रीलाई नै नबोलाइएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको बताइएको छ । एक माओवादी मन्त्रीले मोदी भ्रमणमा ओलीले आफूहरुसँग कुनै परामर्श नगरेको गुनासो गरे । ‘गठबन्धन सरकार भएपनि मोदी भ्रमणबारे  हामी (माओवादीका मन्त्री) सँग कुनै छलफल र परामर्श गराउनु भएन। अरुण तेस्रोको सिलन्यास कार्यक्रममा  विभागित मन्त्रीलाई समेत बोलाउने काम भएन ।’ऊर्जामन्त्री माओवादी केन्द्रका नेता वर्षमान पुन रहेका छन् ।
 शनिबार मोदी र ओलीले होटल हायातबाट आयोजनाको सिलन्यास गर्दा पुनलाई बोलाइएको थिएन मोदीलाई शान्तिको प्रतिक बुद्धको ५५ किलोको मुर्ति पनि उपहार दिइएको थियो।


त्यसैगरी प्रम मोदीलाइ नागरिक अभिनन्दन कार्यक्रममा निजि सञ्चारमाध्यमका फोटो पत्रकारलाई प्रवेश निषेध गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा मोदीको नागरिक अभिनन्दन कार्यक्रम राखिएको थियाे । तर, नीजि सञ्चारमाध्यमका  फोटो पत्रकारलाई गेटमै राकिएको हो । आक्रोशित पत्रकारहरुले सभागृह अगाडि ‘क्यामरा भुइमा राखेर  विरोध गरेका छन् । मोदीलाई  काठमाडौं महानगरपालिकाले  नागरिक अभिनन्दन गरेको हो।  

Bottom Ad [Post Page]

Colorlib