प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-

गृहमन्त्री रामबहादुर थापा(बादल) सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर गरिएको छ। 

चितवन आवतरणको  सोही क्रममा जिल्लाको सुरक्षा निकाय संग जिल्लाको स्थिती बुझ्नुभएको थियो। गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानविनपछि मात्र भन्न सकिने बताए । सो सडकको चौथो पटक समय थप गरी सकिएको थियो ।पछिल्लो समय पनि यही जेठ १६ गते सकिँदैछ ।हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको पाइएको छ भने शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिएका मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा जानकारी लिएका थिए ।गृहमन्त्री थापाले यातायात सिण्डिकेट रोकिएपछिको प्रभाव र समयमा काम नगर्ने ठेकेदारको अवस्थाका बारेमा पनि जिल्लास्थित सुरक्षा निकायसँग जानकारी लिएका छन् ।सोही क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जिल्लामा हावाहुरी र असिनाबाट भएको क्षति, बर्डफ्लुबाट परेको प्रभाव, विप्लव निकट नेकपाको गतिविधि, आपराधिक गतिविधि, सडक सुरक्षालगायतका विषयमा गृहमन्त्रीलाइ जानकारी गराएका थिए । गृहमन्त्री बादल उपस्थितीको अवसरमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, गृहप्रवक्ता रामकृष्ण सुवेदीलगायतको उपस्थिति रहेको थियो 

Bottom Ad [Post Page]

Colorlib