काठमाण्डौ-
नेपालीहरुको रोजगरको गन्तब्य मुलुक मलेसियाले रोजगार भिसा प्रक्रियाका लागि पहिलो चरण मानिएको ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ (आइएससी) को काम अर्को सूचना जारी नभएसम्मका लागि सोमबारदेखि रोक्का गरेको छ ।
बैदेशिक मजदुरलाइ भार पर्ने गरी मलेसियाले एकतफी रुपमा लागू गरेका ५ वटा संयन्त्रहरुलाई सरकारले हटाइदिएपछि मलेसियाले आइएससी काम रोकेको हो । आइएससीको का मगर्न मलेसियाले जीएसजी सर्भिस प्रालिलाई ठेक्का दिएको थियो ।काठमाडौंस्थित मलेसियन दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारको अनुसन्धानलाई सहयोग पुर्याउन आइएससीको काम बन्द गराएको जनाएको थियो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भीएलएन, ओएससी, जीएसजी, माइग्राम्सको नाममा गैरकानुनी रुपमा शुल्क उठाइरहेको निर्णय गरेपछि गृहले ती कम्पनीको काम कारवाही आइतबारदेखि रोकेपछि कामदारको भिसा प्रक्रिया तत्कालका लागि अवरुद्ध भएको हो।मलेसिया,कतार,साउदी,बहराइ,कुवेट,युएइ,ओमन नेपालीहरुको रोजगारीको लागी गन्तब्य मुलुक मानिन्छ।