twitter
बिष्णु खनाल
रहरले भरिएको संसारमा बाच्ने रहर भयो
केही पाउन केही गुमाए त्यो पनी रहर भयो
सके जती माया दिदै गए पाउन भनी उनलाइ
सधै भरी उनलाइ खुसी बनाउने रहर पनी रहर भयो
छाडेर आउनु पर्थ्यो उनलाइ यो प्रदेशको भुमीमा
सबैको महल देख्दा एउटा ठड्याउने नि रहर भयो।
hemant
तनमन दिमाग उनको मायाले ह्याक भाछ।
आजकाल मुटु उनको यादले प्याक भाछ।
अलिकती चोट थियो पिइयो उनकै याद संगै
पिउदाभन्दा उनकै यादले झ्याप भाछ।
शबिष्णु खनाल
आखिर एक मुठी सास रैछ जिवन
मर्ने मरिगए बाच्नेलाइ खास रैछ जिवन
बाचुन्जेल तेरो र मेरो भनेर झगडा गरेनी
चलन जेली सरिर मरे लास रैछ जिबन
यहा हाम्रो आदेश बिना केही हुन्न भगवान
त्यसैले मानव सबै तिम्रो दास रैछ जिवन।
hemant
तिम्रै हो भन्ने मुटु अर्कैको लागी धड्किने भएछ
मैले रंगाउने त्यो सिउदो अर्कैबाट सजिने भएछ
कती मिठा कल्पना,
सपनी मै सिमीत भए
जिन्दगीको रफ्तार संगै शिखर चुम्ला भन्थी
बाटो मोडी यात्रा तोडी गन्तब्य अन्तै मोडीने भएछ।
incomplete lyfe
जुत्ता चाहे करोडौ मुल्य बराबरको किन नहोस।
त्यसलाइ लगाउने खुट्टामै हो,यदी जुत्तालाइ घाटीमा झुड्याइयो भने?
न आफ्ने मुल्य रहन्छ ,न त जुत्ताको नै।।