प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र यसक्रममा गरिएका सम्झौता र सहमतिका बारेमा प्रतिनिधी सभाको आज बसेको बैठकमा  जानकारी गराएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्र हितविपरितका कुनै सन्धीसम्झौता नभएको स्पष्ट पारेका छन् । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए ।  नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै  भ्रमण ऐतिहासिक भएको मोदीको भ्रमण नेपाल र भारत दुबै देशको हितमा रहेको पनि बताए । तीन वर्षअगाडि नेपाल भारतबीच रहेको तनावपूर्ण सम्बन्ध सुधार भएर अहिले सामान्य अवस्थामा आइपुगेको पनि बताए । 
‘तीन वर्षअघि नेपाल भारतबीच तनावको स्थिति थियो । त्यतिबेला म प्रधानमन्त्री हुँदा नाकाबन्दी लागिरहेको थियो । नाकाबन्दीको अवस्थाबाट हामी अहिलेको अवस्थामा आइपुगेका छौं’  नेपाल जुनसुकै देशसँग  सन्तुलित सम्बन्ध कायम गर्न स्वतन्त्र रहेको पनि बताए । आफू नाकाबन्दी खोलेर भारत गएसँगै सम्बन्ध सुधारको नयाँ आयाम सुरु भएको भन्दै ओलीले  सम्बन्ध बराबरीको हैसियतामा हुने पनि स्पष्ट पारे । देशको  आवश्यकता र  प्राथमिकताका आधारमा छिमेकीसँग सम्बन्ध र व्यवहार हुने उनको भनाई थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति पनि नेपाल आफ्नो आवश्यकता र  प्राथमिकतामा अघि बढ्दा कुनै  चित्त नदुख्ने र सहयोग हुनेमा खुलस्त प्रकट भएको धारणा राखेको बताउनुभयो।

Bottom Ad [Post Page]

Colorlib