प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
केपी ओली सरकार आएपछी आजबाट चौठो पटक पुन पेट्रोलियम पर्दाथको भाउ बढाएको छ।
 नेपाल आयल निगमले पेट्राेल, डिजल तथा मट्टितेे मूल्य आज मध्यरातदेखि लागू हुने गरी बढाएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो।
यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ। ग्यासको मूल्य भने यथावत रहेको छ।
पछिल्लो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेल र मट्टितेलमा ३.४९ रूपैयाँ घाटा रहेको जनाएको छ।  ग्यासमा नयाँ मूल्य आएपनि नबढाएकोले ग्यासमा प्रतिसिलिन्डर १३९.३९ रुपैयाँ घाटा रहेको छ।
यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा रहेको निगमले जनाएको छ।
पछिल्लोपटक वैशाख ११ गते मूल्य बढेको थियो भने  वैशाख ३ गते पेट्रोलमा एक रुपैयाँ र डिजल र मट्टितेलमा दुई रुपैयाँ प्रति लिटर मूल्य बढाइएको थियो।
ओली प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पेट्रोलको भाउ प्रति लिटर दुई रुपैयाँ बढाएर प्रति लिटर १०५ रुपैयाँ बनाइएको थियो। त्यतिबेला डिजल र मट्टितेलको भाउ बढाइएको थिएन प्रति लिटर ८५ रुपैयाँ थियो।
यो भन्दा आधील्लो देउवा  सरकारको पालामा नि नबढाइएको त होइन तर एमाले बिध्याथी संगठन द्वारा निकै रामकुमारी झाक्रीको नेतृत्वमा निकै बिरोध र रुवाबासी नै भएको थियो आहिले भने गुमनाम बिरोध केही रहेको छैन।

Bottom Ad [Post Page]

Colorlib