काठमाण्डौ-
वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा सोमबार अपराह्न दुखद निधन भएको छ ।
पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा अपराह्न ५ः३५ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत् जनाएको छ ।
गत वर्षदेखि पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बेलायतमा उपचार सम्भव नभएपछि गत वैशाख १५ गते न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।नेपालमै देहत्याग गर्ने इच्छाअनुसार उनलाई नेपाल ल्याइएको थियो भने गत साता उनलाई पुर्ख्योली घर गोरखा पनि लगिएको थियो
।देवकोटाको अन्तिम संस्कार मंगलबार दिउँसो गरिने भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि मंगलबार बिहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा राखिनेछ ।त्यसपछि पशुपति आर्यघाटमा विद्युतीय माध्यमबाट दाहसंस्कार गरिने जनाइएको छ ।वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गर्नुभएका उहाँले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गर्नुभएको थियो । देवकोटाले सात महिना स्वास्थ्य मन्त्रीको जिम्मेवारी पनि सम्हाल्नु भएको थियो ।