( सपनी नै सही आईदेउन प्यारी मान्छे💔 एकपटक बेस्सरी तिमीलाइ अंगालोमा बेरी रुन मन छ धित मरुनजेल........... )
गुडबाट निस्किएर चरीले गीत गाइसकेछ
यात्रीले आफ्नो नया गन्तव्य पाइसकेछ
घामलाई पालो दिन जुन अब हराइसकेछ
उ हेर त अध्यारो रातलाई चिर्दै खुसीका रंगहरु बोकेर
हामीलाई बिउझाउन सुनौलो बिहानी आइसकेछ!
बेग्लै आनन्द छ तिमीलाई सम्झनुमा पनी, सदा परेलिमा आँशु र ओठमा मुस्कान एकसाथ आइरहन्छ नियति थियो या लेखान्त मलाई नै थाहा छैन हरेक बिहानी उषाको किरण संगै तिम्रो यादहरुले सताउंछ आखिर किन .......?
पुराना एल्बम पल्टाउदिन आजकाल साथी थाहा छ मनभरि पिडा बाहेसी केही दिदैन हो सबै बिगत सुन्दर हुँदैनन त्यसैले बर्तमान नया जीवनका पानाहरु छामिरहेछु आफैंलाई भगवान संग झोली फैलाएर मागी रहेछु सधै यही जिवन जहाँ म बाचेको अनुभुती होस्
हो टुटेको त उनी संग 'विश्वास' थियो, तर यि 'दर्द' दिलले महशुस गरिदिन्छ, अनि यादरुपी मुटुमा बसेको ति तस्वीर 'नयन'ले दुनियाँको 'सामुन्ने' प्रकट गरेर तमासा बनाईदिन्छ आखिर किन.........?
सायद तिमी बिहान,साँझ,राती, हरपल याद बनी आउन थालेपछी मनमा पिडा अली कमी भएको महसुस गरेको छु केही खुसी, छाउन थालेको छ प्रिय......आजभोली तिम्रो अभाब महसुस हुने गरेको छैन मलाई यादले नै तिम्रो आभास, दिलाउन थालेको छ
साथी .......उनको र मेरो प्रेम पनि फेसबुकबाट शुरु भयो
मेरो कथा यहाबाट
सायद साथी उनलाइ भगवानले मेरै लागी बनाएको हुनुपर्छ
ति लजालु मुस्कान, कोइलीको जस्तो सुमधुर आवाज, हिस्सी परेको ति गुलाबी ओठ मृगनयन आखा , चन्द्रमा जस्तो अनुहार ति कालो लामो रेशमी कपाल र उनले लाएकी कालो कुर्ता सुरुवाल र सेतो पछ्यौरीमा उनी आकाशबाट झरेकी परी जस्तै देखिन्थी
दिनभरी भेटघाट र साथीभाइ रमाइलो घुमघाम संगै म घर फर्की खाना खाइ बिस्तरामा पल्टन्छु र मोबाइल on गरी फेसबुक तिर नजर लगाउछु टिङ्ग notification आउछ जुन notification friend rqst अन्जान अपरिचित fimel fake id को थियो जाहा कुनै profile photo नै थिएन..... म नि साथीभाइले नया आइडी बनाएको होला भनी accept गरिदिए केही समय पश्चात सोही id बाट massage आउछ
hi
म नि hello
उनले भनिन सन्चै हुनुहुन्छ?
म नि भने सन्चै छु...... अनी हजुर नि सन्चै हुनुहुन्छ ?
उनले भनिन हजुर
मैले सोधे मैले त चिनेन नि?
उनी एकछिन अकमकाइन .....निकै बेर पछी उनले जवाफ दिइन मैले हजुरको status निकै हेर्ने गर्छु खुब मन पर्छ भनिन्
मैले नि उनलाइ धन्यवाद दिए
मैले सोधे हजुरको नाम? उनले भनिन सुम्निमा
सुम्निमा के?
सुम्निमा राइ
कहा देखी नि ?
सुम्निमा: इलाम अनि हजुर नि?
म बुटवल मैले भनिदिए र उनले भनिन भेटेर खुसी लायो status जती राम्रो छ त्यसरिनै मिठ्ठो बोल्नुहुदोरहेछ खुसी लायो
मैले नि त्यसका लागी धन्यबाद भनिदिए
म सोधे के गर्छौ?
सुम्निमा : म staff nurse पढ्दैछु भन्दै अहिले म अली bg छु पछी कुरा गरौला नि है भनी उनी offline भइन म नि केही समय पश्चात मस्त निदाउछु
भोली पखा सदा झै भेटघाट र रमाइलो संगै घरमा आइ Facebook तिर massager मा टिङ्ग घण्टी आउछ पुन त्यही chat girl सुम्निमा कै massage आएको रहेछ उन्ले भन्छिन हिजो हतार हतारमा राम्रोसंग कुरा नि नगरी गए रिसाउनुभयो होला है?
मैले भने नाइ रिसायको छैन किन रिसाउनुर म किन रिसाए जस्तो लायोर हजुरलाइ
अनी उन्ले भन्छिन दिउसो नि massage गरेको थिए reply नि आएनर सोधेकोनि हजुरलाइ
नाइ रिसाएको छैन हजुर...... के हामी असल good friend बन्न सक्छौ? म नि हुन्छ भनिदिए र सुम्निमा ले भन्छिन् त्यसो भए आजबाट मलाइ तपाइ हैन तिमी, सुम्निमा भनी बोलाउनुस हस
हस हुन्छ भनिदिए
मैले सोधे खै त सुम्निमा हामी धेरै कुरा गर्यौ चिनजान नि, अनी good friend नि भयौ तर profile pictures नभइदिएर तिमीलाइ चिन्न देख्न पाइन के तिमी मलाइ तिम्रो फोटो पठाउन सक्छौ ?भन्नासाथ सुम्निमा भन्छिन राम्री छैन हौ लाज लाउछ सुम्निमाले आफ्नो पुरानो मधुर फोटो पठाउछिन मैले भने राम्री तर खै राम्रो नि चिन्न सकेननि सम्निमा ? सुम्निमाले भन्छिन पहिले हजुरको पठाउनु अनि फेरी म नि पठाउछु भनिन म हस भन्दै उनलाइ ३,४ वटा फोटोहरु पठाइदिन्छु र सुम्निमाले नि पुन २ वटा फोटो पठाउछिन साच्चिकै साथी ति २ वटा फोटोहरु उनको नभइ स्वर्गकी अप्सराको हुनुपर्छ
तर मलाइ उनले फोटो पठएको फोटो देखेर बिश्वास लागेन के त्यो उनैको फोटो हुन भनेर ठिकै छ म नि wow suppa beautiful भनी massage पठाइदिए अउनले tq भनिन अनि मैले सोधे घर परिवारमा को को हुनुहुन्छ त तिम्रो सुम्निमा?
उनले भन्छिन बाबा mom दादा र म अनी हजुको नि ....म दाजु बहिनी यसैगरी.......हामी बोलेको नि करिव करिव ६ महिना भएछ क्यार त्यसैगरी online chat देखी लिएर समय मिलाएर टाइम टाइममा audio call नम्बर साटासाट सम्म गरिरह्यौ हामी एक आर्का बिच निकै नजिक भइरहेका थियौ एक आर्काका तिता मिठा मनकाकुराहरु सेयर गरिरहन्थ्यौ उनी मलाइ बिस्तारै बिस्तारै मिठा मिठा मायाको अनुभुती, मनमा मायाको तृष्णा, जिबनमा मैले मायाको अनुभूति नगरेको माया नै सबथोक हो भनी सिकाइरहेकी थिइन समय बित्दै जादा उनीलाइ संग कुरा गर्न time table नि बनेछ क्यार अरुबेला दिनभरी सथीहरु संग रमाइलोमा रम्ने रातको १०/११ बजे घर आउने म आजभोली बेलुकी ७ नबज्दै परिवार संगै खाना खादा सबैजना दंग थिए म भने उनै सुम्निमा को प्रेम सागर मा डुबिरहेको रहेछु क्यार सदा भेट्ने समय ८ बजेछ क्यार सुम्निमा online आउने प्रतिक्षामा बसिरहेछु एकछिनपछी massage hi भनी आउछ र सुम्निमालाइ hello खाना खायौ ? सुम्निमा भन्छिन हजुर / हजुरले खानुभयो म नि खाएर तिमीलाइ पर्खिराखे सुम्निमाले भनिन आजभोली खुब पर्खिरहने बानी परेछ है हैहै.... भित्र भित्र माया बसेछ क्याहौ म संग भनेर हास्छिन .... म नि नमस्तक ना-जवाफ
केही समय पछी म नि सुम्निमा लाइ जवाफ दिए पर्खाइको समय भन्दा अनमोल उपहार के छ र?प्रतिक्षा भन्दा पवित्र प्रेम अरू के छ र? हाहा ठट्टै ठट्टा दुइजनाको
झन मलाइ सुम्निमाले जिस्काउन थाल्छिन मलाइ...... हेर्नु है हेर्नु love पर्ला.........म अचम्मै हैन केटा मान्छेले पो जिस्काउथे अब उल्टो जमाना आएछ कया अब त अत्ती त्यसपछी सुम्निमालाइ video call गर्छु उठाउदिनन् म सोधे किन call received नगरेकी सुम्निमा जवाफ दिन्छिन मलाइ लाज लाग्छ के video call नगर्नु ......म उनलाइ भने केही हुदैन यतिका समय voice call मै कुरा गर्यौ भने आज तिमीलाइ video call मा देख्न चाहान्छु सुम्निमा plzzz उनी नि हस भनी call उठाइन फेरिपनी उनको लजावती अनुहार camera बाहिर राखी मुस्कुराउदै कुरा गर्छिन म सोध्छु किन camera तिमी तिर फर्काउन कत्ती लजाकि के......? झनै camera off गर्छिन
सुम्निमाले भनिन नाइ लाज लाग्यो भयो पछी camera on गर्छुनि है ? संगै सुम्निमाले कुरा थप्छिन हजुर साच्चिकै राम्रो सुन्दर हुनुहुदोरहेछ है... म भन्छु अ त भैगो त छुच्ची अब तिमी camera on गर plz कत्ती गाह्रौ हौ तिम्रो एक झल्को दर्सन पाउन पनी अनि सुम्निमाले भन्छिन नाइ त्यस्तो होइन मलाइ साह्रै लाज लागेर हो video call मा कुरा गर्न म अझै सम्म कोही संग पनी video call मा कुरा गरेको छैन म भने होर त्यसो भए यि हेर आज म तिमी संगै video callमा छु बस camera on गर बिस्तारै सबै ठिक हुन्छ लजाउनु पर्दैन आखिर म संग लजाउनुपर्ने त्यस्तो नै के छर on गर सुम्निमालाइ मनाउन साह्रै गाह्रो भो बिस्तारै सुम्निमाले ति चन्द्रमा जस्तो सुन्दर चेहेरा लजाउदै मन्द मुस्कानको साथमा देखा पर्छिन
wow... केही समय म स्तब्ध भए
तिमी कत्ती राम्री छौ है सुम्निमा यती सुन्दर छौ भन्ने म सोचेको पनी थिएन म साच्चिकै im really hpy for eu सुम्निमा हो साथी उनी साचिकै स्वर्गकी अप्सरा जस्तै सुन्दर थिइ सुम्निमा भन्छिन त्यहा धेरै मख्ख पार्ने हास्ने हैन है....फेरी camera off गर्छु म सुम्निमाला सोध्छु किन? उनले भनिन लाज लाउछ के video call मा म थप्छु तिमीलाइ म के भनु फुल भनु कि जुन भनु म तिमीलाइ म उपनाम म के दिउ .... चन्द्रमा जस्तो ति चेहेरा ,गुलाव जस्तै तिम्रो ओठ , नशालु ति हेराइ , लजावती मुस्कानले सुम्निमा म तिमीमा फिदा फिदा.....सुम्निमा
सुम्निमा लाजले camera off गरेर कुरा गर्न थाल्छिन अरे के भयो किन camera off गरेकी सुम्निमा भन्छिन भो अब त केही नभन्नु लाज लाग्छ साच्चिकै हजुर राम्रो मिठ्ठो बोल्नु हुनुहुदोरहेछ जती मिठ्ठो बोली मान्छेनी मैले सोचेभन्दा राम्रो पाए ..... हजुरलाइ देख्न चाहेर पनी म भन्न सकिराखेको थिएन आज प्रत्यक्ष देख्न पाए खुसी लायो म नि सुम्निमाको कुरा सुनेर मख्खै........कुरा गर्दा गर्दै रात पनी ढिला भैसकेछ क्यार उनलाइ बिदाइ गर्नुपर्ने भो र हामी बिदा भयौ
(आज चाही parpos day परेछ क्यार)
बिहान ८ बजे उठेको थिए क्यार बिहानै आखा नखोल्दै सुम्निमा को offline massage आएको रहेछ उठ्नुभएको छैन ? म भने ५ बजे उठेर हजुरलाइ सम्झिराहेको , ६ बजेको massage हैन उठ्ने बेला भएन कस्तो हो के ६ बजे पनी नउठ्नु भएको.... ७ बजेको massage हैन reply नि नदिने गाको म त डुटी ढिला भयो भरे जानेछु नि हजुरलाइ पख्नु.....
र म मुख धोइ ब्रस गरी चिया लिदै उनको massage को rply दिए आमामा यती धेरै care मेरो .....
एउटा फुलिरहेको फुल टिपेर उपहार पठाएको छौ सुम्निमा प्रेम बाहेक तिम्रो प्रेम प्रस्ताबमा सबथोक थियो जहाँ राख्नु पर्ने हो त्यही राख मलाई.........थाप्लोको नाम्लो घाँटीमा राखे पासो हुन्छ................. मेरो मनमा भने हतार हतार सुम्निमालाइ सजाइसकेको रहेछ पट्टै भैदिएन उ भने निधारमा मेरो नाम लेखेर जन्मेको घोप्टी चाहिँ कता तिर मुन्टिराकी होली आफन्त र साथीभाइले बिहेको लागि केटी देखाएर हैरान कहा कता गराइराछिन online नि नआएर छिटो दर्शन दिन आउ हुनेवाली घोप्ती ?
सुम्निमाले भरेपख मेरो कुरा reply दिदै आफ्नो कुरा राख्छिन वाचा गर्छु कि म हजुरलाइ रुवाउने छैन दुख्ख नि दिनेछैन जीवनको अन्तिमपल नि हजुरलाइ भुल्ने छैन छुपाएर आखामा सधै ,सजाउने छु हजुरलाइ दुनिया सामु कहिल्यै कसैलाइ नि देखाउने छैन सच्ची भनेको मेरो मनमा प्रेमिल भावहरु भरिएर उकालो चढिसक्या थियो...!!
म सुम्निमालाइ भन्छु यती हतार किन?
सुम्निमा भन्छिन मलाइ माया गर्नुहुन्छ या नाइ ? अहिले नै भन्नु नत्र म मरेपछि चिता छेउमा आई म तिमिलाई कति धेरै माया गर्थेँ भन्न पाउनुहुन्न , म उठेर हजुरलाइ अंगाल्न नि त सक्दिन यती भनेपछी म नि उनको प्रेमलाइ नक्कारन सकिन हामी एक आर्कामा प्रेममा जुनी जुनी नछुट्टने बाचाका साथ नया प्रेमको सम्बन्धमा बाधियौ सयद साथी हामी एक आर्का बिनाको जिवन कल्पना सम्म गर्न नसक्ने छुट्नै नसक्ने अवस्थामा पुगेका थियौ केही समय केही घण्टा छुट्टीनु पर्दा धेरै छट्पटी हुन्थ्यो एकआर्कामा डाहा, शंका, आशा,भरोसा र माया सुख्ख दुख्ख साटासाट गरी सुमधुर अगाडी बढीरहेको थियो र यसै गरी बर्षौ बित्यो हामी दुबैजना भावी जिवनका तिता मिठा नौलो सपनाहरु बुनी कुरा गरिरहन्थ्यौ तर के गर्नु दुबैजना भेट गर्ने चाहाना हुदा हुदैपनी हामी दुबैजना धेरै टाढा भइदिएकाले हामी भेट हुन सकिरहेका थिएनौ
ओए सुम्निमा म त बेरोजगार तेती नपढेको घरको नि आर्थिक अवस्था मध्यम बर्गकै छ तिमी स्टाफ नर्स पढीरहेकी छौ पछी तिमीलाइ तिम्रो चाहाना इक्षा आकंक्षा र खुसी राख्न नसकुला मैले त्यो बेला मन नदुखाए र नरिसाए है..........
सुम्निमा: खुसी र जिन्दगी सिर्फ आफ्नोपन र माया को हुन्छ प्रिय बस मलाइ त्यती भइदिए पुग्छ साईकिल र कार ले केही फर्क पर्दैन मलाइ ..... र सुख पाइयो भने जिन्दगीमा त्यही हजुरको हात समातेर अगाडी बढ्न पाउ जुन हातले हजुरको साहारा बनी दुखका दिनमा आँसु पुछिदिन पाउ ......
जिन्दगीमा, पिडा लुकाउने छाती र खुसी बाँड्न मिल्ने साथी मात्र भएपनी जिन्दगी, जिन्दगी जस्तै लाग्दोरहेछ के साथी.......उनको मिठो बोली र बचन चनचलताले हाम्रो कसियो मायाको डोरी....
हाम्रो प्रेमिल भावहरु भरिएर उकालो चढिसकेको रहेछ क्यार ...!! मेरो मनले भने हतार हतार उनैलाइ सजाइसकेको रहेछ पट्टै भैदिएन
मिठा मिठा प्रेम र सुन्दर भविष्यको कुरा संगै हाम्रो मिलन १ बर्ष कट्यो
आज चाही म दिनभर घुमघाम र साथीभाइ संग ब्यस्त म घर आउनासाथ mobile मा टिङ्ग massage आउछ सुम्निमाको
हजुर भने निधारमा मेरो नाम लेखेर जन्मेको घोप्टे चाही कता तिर मुन्टिरा होला घरबाट र आफन्त बिहेको लागी केटा देखाएर हैरान कहा कता गराइराको online नि नआएर छिटो दर्शन दिन आउनु हुनेवाला घोप्ते मेरो डाइलग मलाइ नै लाजा....... !
यि यस्तै मिठा मिठा कुराकानी संगै २ बर्ष नि बित्यो र केही समयपछी सुम्निमाले मलाइ दिने सदाको समय दिइरहेकी थिएनन निकै दिन बित्दै गइरहेको थियो chat र call थोरै मात्र हुन थाल्छ सोच्दथे सदा कुरा गर्छौ उनलाइ धेरै कुरा गर्न र कामको ब्यस्तताले समय दिन नसकेकी होलिन भनेर सोच्दथे र उनी म संग निक्कै टाढा गइरहेकी अनुभुटी हन्थ्यो केही दिनपछी सुम्निमाले call र massage को reply नइ दिदीनन call गर्छु call लाग्दैन massage गर्छु replay आउदैन म उनको massage र call को पर्खाइ बसिरहेकोथिए हर दिन हर रात कयौ याद र सम्झनाहरु उनकै पर्खाइमा बसिरहेको थिए
एकदिन अचानक सुम्निमाले call गरिन र भनिन अब त हाम्रो भेट चाडै हुन्छ है म नि निकै खुसीको साथ सुम्निमालाइ सोधे कहिले चाडै १५ दिनमा काठमाडौ आउनु है म सोधे काठमाडौ किन ? म इलाम नै आइहाल्छुनि तिमीले घुमाउछु भन्ने ठाउहरु नि घुमौला हुन्नर ?
सुम्निमा भन्छिन नाइ के काठमाडौ आउनु म नि हुन्छ भने
सुम्निमाले सोध्छिन हाम्रो पहिलो भेट मलाइ भेट्न आउदा के लिएर आइदिनुहुन्छ......?
भनन तिमी आफै के लिएर आइदिउ सुम्निमा भन्छिन मलाइ बस हजुर आइदिनु र रातो गुलाबको फुल लिएर आउनु जुन फुल दिदा त्यो हजुको अनुहारमा मुस्कान हुनुपर्छ र हजुरले मलाइ हजुरको त्यो न्याने अंगलोमा बाधी शितलता दिनुपर्छ र सिन्दुर लिएर आउनु हजुरको न्यानो काख संगै सिउदोमा सिन्दुर हालीदिनु पर्छ है मेरो अन्तिम इक्षा ....अनि म केही मग्दिन हस सिन्दुर हाली मलाइ आफ्नो बनाउन सक्नुहुन्छ नि पशुपती मन्दिर मा
म नि हुन्छ भनी त्यही भेट्ने दिनको प्रतिक्षामा रहे हर दिन हर रात त्यही भेट्न उक्साहतले हतार हुन्थ्यो दिन या रात एैना हेर्छु उसले भेटेसी मलाइ फेरी नराम्रो भनी ignore गर्ने त हैन आफैमा प्रश्न गर्छु फेरी अर्को मनले म नि के के सोच्छु मलाइ सुम्निमाले धेरै माया गर्छिन यस्तो हुनै सक्दैन भन्दा भन्दै त्यो सुम्निमालाइ भेट्ने दिन नि आयो म बुटवल देखी night bus चढी सुम्निमालाइ भेट्न कठ्माण्डौ तिर लागे काठमाण्डौ पुग्न साथ सुम्निमालाइ call गरी सोधे कहा छौ ? सुम्निमाले भनिन म बाबा mom दादा संग छु कहीले भेट्छौ? सुम्निमा भनिन भोली , अनि मैले भनेको सबै लिएर आउनुभएको छ नि?म नि अ तिमीलाइ दुखी हुन दिनेछैन सबै लिएर आएको छु
सुम्निमाले भनिन आज आराम गर्नु भोली १० बजे पछी म साथीलाइ हजुरलाइ लिन पठाउछु हस भनी दुबैजना call बाट छुट्टीयौ र म भोली उनलाइ भेट्न जाने भएसी उनको अगाडी राम्रो देखिन केही shopping + कपाल कट्न पालर निलडेभिड तिर धाए ......पालरमा मलाइ देखेर अचम्मै मान्दै थिए त्यही पालरमा काम गर्ने एक स्टाफले सोधे सर निकै खुसी हुनुहुन्छ नि? म नि भनिदिए भोली मेरो gf संग पहीलो भेट हुदैछ मलाइ उनले मन पराउने सुहादो दामी कपाल काटीदिनु र facial गरीदिनु है त भने र सकेर निस्किए
भोली बिहानी पल संगै सुम्निमाले आफ्नो साथीलाइ म भएको ठाउ सुनधारा लिन पठाइन म नि tai sut लगाए र हातमा गुलावको फुल लिइ निस्किए सुम्निमाको साथीले मलाइ नरमाइलो गरी हेरिरहेको थियो मलाइ उनले हातमा एक पत्र हातमा थमाइ भनिन सुम्निमालाइ भेटेर छुटेपछी मात्र यो पत्र पढ्नु रे है भन्दै हामी taxi चढी सुम्निमा लाइ भेट्न तिर लायौ सुम्निमाको साथीले सिधै gangalal hospital लिएर गइन र हामी भित्र पस्यौ र waiting room मा लिएर गए सुम्निमाको साथीले सुम्निमाको बाबा mom र दादा संग परिचय गराए म नमस्ते गरे र सुम्निमाको बुवाले मलाइ भाबुक हुदै सोधे बाबु तिमी सुम्निमालाइ धेरै माया गर्छौ नि हैन ? म हजुर भने
बुवाले सुम्निमालाइ देखाउदै भने सुम्निमालाइ माया गर्छौ नि उ हेर सुम्निमा तिमीलाइ ५ दिनदेखी अन्तिम सास लिदै तिमीलाइ पर्खीराखेको छ बेहोसीमा बेला बेलामा तिम्रो नाउ बोलाइरहन्छ जाउ गएर भेट्नु..... सुम्निमाले भित्र बेडबाट oxygen बाट लामो सास लिदै टिल टिल आखा रसाउदै मलाइ नियालिरहेकी थिइन
उनी hospital को बेडमा जे जस्तो अवस्थामा भएपनी मेरो बाटो कुरि केही खुसी मन्द मुस्कानको साथमा स्वागत गरिरहेकी मेरो पर्खाइमा थिइन...... म बिस्तारै उनी सामु पुगे उनको आखामा झनै आशुको भेल बग्न थाल्छ म मन थाम्न सकिरहेको थिएन मेरा यि आखाभरी आसुका भेलहरु जम्न थालिसकेका थिए हो म छागाबाट झरिरहे जस्तै थिए म बिस्तारै उनी सामु नजिकै गइ सुम्सुमाउदै अंगालोमा बेरी उनलाइ बोलाउछु सुम्निमा ....ओए पग्ली राम्री मान्छे तिमीलाइ भेट्न म आए अब त नरोउ यि हेर तिमीले भनेका यि फुल, सिन्दुर लिएर आएको छु अझ हेर त म तिमीलाइ भेट्न भनी आउदा कत्ती राम्रो तिमीले भने जस्तै कालो जुत्ता ,टाइ सुट पाइन्ट लगाएर बेहुलाको भेषमै आएको छु अब त बोल .......... उनको आखामा झनै आसुका धाराहरु बग्दै थिए र लामो लामो oxygen बाट सास लिदै थिए उनी बोल्न सक्ने अवस्थामा थिएनन ए पग्ली छिट्टै निको हुने हस अब त म आइपुगे नि........ म छु नि तिमी संगै अब तिमी संगै यही निको नहुदा सम्म तिमी संगै बस्छु भन्दै उनिसामु गुनासोहरु पोख्छु तिमीले सदा भनिरहन्थ्यौ नि सुम्निमा मलाइ पहिलो भेटमा यि तपाइले माया गर्ने आखामा चुमिदिनु ल भनेर हेर त म तिमीलाइ म यि मेरा तिमीलाइ मन पर्ने अगालोमा बेरी चुमीरहेछु भने चुमेपछी साथी उनी छट्पटाइन एहोरो मलाइ मत्र हेरिरहिन र बिस्तारै बिस्तारै ....... हाम्रो प्रेमलाइ बिदा लिइ सदाका लागी पराइ गइन म बेस्सरि रोए कराए अनि मेरा चित्कार निस्कन्छ
तिमी खुसी हुन्छौ भनेर हाम्रो नया खुसी जिवनको लागी भनी लिएर आएको यि फुल र सिन्दुर र यि मेरा चुम्बन तिम्रा अन्तिम सास श्रद्धांजलीको लागी होइन के सुम्निमा .........बोलन आखा खोलन.......
साथी त्यसपछी हामी उनलाइ लिएर आखाभरि आसु लिदै पशुपती आर्यघाट पुर्यायौ
उनको चाहाना ति सिनदुर उनको सिउदोमा लगाउदै , उनलाइ अन्तिम चुम्मन दिदै उनले रोजेको फुल उनलाइ श्रद्धांजली दिदै बिदा गर्यौ..
सुम्निमाको पत्र
प्यारो मन्छे खै के भनु
मनभरिको लाखौ लाख माया.......... हृदय अन्तरआत्माबाट असिम सम्झना ..........
मलाइ माफ गरिदिनु है यो जुनिमा संगै जिउने संगै मर्ने र सुख्ख दुख्खमा एक आर्कालाइ साथ दिइ संगै जुनी काट्ने भनी खाएको कसम हामीले गरेका बाचा मैले पुरा गर्न नसकी हजुरलाइ एक्लै बनाइ छोडी गएकोमा माफ गरिदिनु है......
मेरो प्यारो मेरो खुसी पटक्कै नरोए सानो मन नगरे है...... मेरो यि मेरो बियोगान्तमा...... के गर्नु.... समय मान्छेको जिवन यस्तै रहेछ कहिले घाम कहिले पानी कोही अघी पछी हामीले सोचेजस्तै नहुदोरहेछ..... हो म हजुरलाइ धेरै भन्न कोशिश गरे तर मेरो अन्तिम सास रहदा सम्म मेरो प्यारो मान्छेलाइ यो मन देखी टाढा राख्न यो मनले मानेन आफ्नो पिडा दर्द भन्न म हजुरलाइ आफ्नो मान्छेलाइ मेरो अन्तिम सास सम्म मेरो बियोगान्तमा रुन नपरोस भन्ने भइदियो सकिन मलाइ माफ गरिदिनु है हो मलाइ थाहै थिएन बाबा mom र डक्टरले मलाइ कहिल्यै भनेनन बस औसधी खाने छिट्टै निको हुने र बेलाबेलामा चेक अप गर्ने भनी मात्र साहानुभुती दिनुहुन्थ्यो र बाबा mom ले नि धेरै माया गर्नुहुन्थ्यो धेरै मेरा रहर र खुसीहरु मात्र खोजिरहनुहुन्थ्यो कहिले कहा कहीले कता घुम्न लैजानुहुन्थ्यो सायद मेरो भाग्यकै दोष भनु या के एक्कासी पहिलेभन्दा गाह्रो भयो र होस आउदा काठ्मान्डौ रिफर गरिएको रहेछ हो यहा आएसी मत्र थाहा भयो कि मलाइ heart problem रहेछ जाहा operation औसधी उपचार गर्नै नसक्ने र केही दिन मात्र रहन सक्ने डाक्टरले जानकारी दिएको रहेछ र म होसमा आएसी हजुरलाइ सबैकुरा भन्न चाहेर पनी सकिन...... र हजुरलाइ धोका महसुस नभइदियोस भनेर अन्तिम मेरा चाहाना हजुरको हतबाट सिउदोमा सिन्दुर लगाइ हजुरको भइ यि संसारबाट बिदा लिन चाहे गल्टी भए मेरा यि आत्मालाइ माफी दिनु है मेरो मान्छे
आउदो दिनहरुमा जुनिभरी साथ दिन्छु भनी हजुरसंग बाचा गरेको थिए मेरा अभाबमा कही कतै यात्रा गर्दा एक्लै हिड्नुपर्दा ठेस लाग्न सक्छ आफुलाइ सम्हालनु ,मेरो बियोगान्तमा कहिल्यै आशु नझार्नु, सकेसम्म मलाइ बिर्सनु ,कहि कतै धेरै याद आएछ भने आकाशमा जुनलाइ हेर्नु
अन्तिम मेरा चाहाना
धेरै अगाडी बढ्नु कहिल्यै हरेस नखानु हाम्रो रहर सपनाहरु पुरा गर्नु अरु कसै मन मिल्ने नया जिवन साथी रोज्नु छोराको नाउ सैमन राख्नु सदा हासी खुसी रहनु
उही हजुरकी हुन नसकेकी
सुम्निमा
https://youtu.be/uukFT0NCfm8
https://www.facebook.com/10rathsarumgr/
कयौं स्मृतिहरु मन भित्रभित्रै छोडेर कयौं सम्झना बिर्सनाका कुरा लेख्दै मेट्दै कयौं दिन रातका मिठा नमिठा यादहरु सङ्ग सङ्गै समय, नया नौला परिवेश नया नौंलो, सुख्ख ,दुख्खका मेरो कहानीहरुको हिसाब किताबका साथमा फेरि फुल्दै छ फुल .....कथा फेरिए उही पुरानो जिवनीमा मेरो कथामा...................जितेर ल्याएको पुरस्कार भन्दा पनि अमुल्य ....... त्यो पाठ जुन अधुरो सपना इक्षा चाहाना र हारले मात्र सिकाउँछ.........!!!
पर्खी बसे फर्की आउनेछ बाकी भाग : २
अधुरो प्रेम कसैको नहोस् किनकि छोडेर जानेलाई भन्दा भुल्न नचाहेर नि भुले जस्तो गरि बाच्नुपर्दाको पिडा धेरै गाह्रो हुन्छ धन्यवाद.......!
Story Writer : Dasharath Saru Magar
NOT : (मेरो भावना,बिचार कथाबस्तु निजि हुन,र मेरो प्राय लेख काल्पनिक र कही कतै आफ्नै जिवन संग जोडीएर लेख्ने गर्छु हुने गर्छ यसले कसैको जिवन संग मेल खान सक्छ तर कसैसंग सम्बन्ध हुनेछैन)