प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाडौ-
प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा च्याम्पियन म्यानचेष्टर सिटीले ब्राइटनलाई ३-१ ले पराजित गरेको छ। आफ्नै घरेलु मैदानमा ३ ल गरेको सिटीले यस सिजन १०५ गोल गरिसकेको छ। सिटीका लागि डानिलो, बर्नान्डो शिल्भा र फर्नान्डिन्होले गोल गरे।यसअघि नै प्रिमियर लिगको ट्रफी उचालिसकेको सिटीले ३७ खेलबाट ९७ अंक जोड्दै चेल्सीले बनाएको रेकर्ड तोडेको थियो। यस्तै टोटनहमले न्युकासललाई १-० ले पराजित गर्दै शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। ३७ खेलबाट ७४ अंकका साथ टोटनहम तेस्रो स्थानमा उक्लेको छ।  टोटनहमको लागि ह्यारी केनले निर्णायक गोल गरेका थिए। भने अब अन्तिम चरणको एक खेल बाँकी रहदा लण्डन क्लब टोटनहमलाई लिभरपुलले मात्र अंक तालिकामा पछि पार्न सक्नेछ। ३७ खेलबाट ७२ अंकका साथ लिभरपुल चौथो स्थानमा रहेको छ। अर्को लण्डन क्लब चेल्सी भने हडर्शफिल्डसँग १-१ गोलको बराबरीमा रोकिएपछि शीर्ष चारको सम्भावना कठिन बनेको छ। चेल्सी शीर्ष चारमा पर्न बाँकी खेल जित्नुपर्नेछ भने लिभरपुल पराजित हुनुपर्नेछ।३७ खेलबाट ३७ अंक जोडेको हडर्शफिल्ड १६औँ स्थानमा रहेको छ।

Bottom Ad [Post Page]

Colorlib