प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमण्डौ- 
भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा गम्भीर राष्ट्र घात भएको भन्दै बैशाख ३० गते आइतबार बन्दको घोषणा गरेको छ ।
नेकपाका महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेका हुन् । विज्ञप्तिमा सबै देशभक्त, राष्ट्रवादी, जनवादी र वामपन्थीहरुलाई सहयोग, समर्थन र ऐक्यबद्धताको लागि अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ–
‘राष्ट्रघातको पछिल्लो शृंखलाको रुपमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको कथित नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको उनको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको गम्भीर राष्ट्रघात पटाक्षेप हो ।’ यस्तै मोदीको भ्रमण र केपी नेतृत्वको सरकारको मोदीका सामु परेको लम्पसारको सामाजिक सञ्जालमा मात्र नभएर देशैभरी प्रतिवाद भैराखेका छन् । जनताको स्तर र केही संघ संगठनहरुले गरेका यस्तो प्रतिवाद र प्रतिरोधको हाम्रो पार्टी सम्मान र समर्थन गर्दछ।

Bottom Ad [Post Page]

Colorlib