प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
आज भरतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल राजकिय भ्रमण आउदैछ्न भने नेपालमा बिभिन्न बिज्ञ तथा सामाजिक संजालमा  मोदिका कारण नेपालीहरुले बर्षौ देखि सिमा क्षेत्रमा हेपाई भोगी रहेको बताउदै यसपालिको मोदी भ्रमण प्रति युवाहरु तिब्र आक्रोश पोखिरहेका छन् । यस अघि नाकाबन्दी गरेर नेपाललाई दुख दिएको र सिमा क्षेत्रमा भारतीयका कारण बर्षौ देखि हेपिएका नागरिहरु मोदी प्रति असन्तुष्टि भएका हुन् ।
मोदी आउने दिन नजिकिदै गर्दा भारतीय एसएसबिले सिमा क्षेत्रमा देखाएको रबैयाले नेपाली युवाहरुलाई झन् धेरै आक्रोशित बनाएको छ । यसकारण यसपाली हुने मोदीको नेपाल भ्रमण सुखद नहुने धेरैले अनुमान लगाएका छन् । उनको भ्रमणमा अप्रिय घटना घट्न सक्ने बारे प्रधानमन्त्री केपी ओली र गृहमन्त्री बादल स्वयम्ले अनुभूति गरेका छन् ।

मोदी भ्रमणको सुरक्षा व्यवस्थालाई बादल स्वयंको निगरानीमा बिशेष सुरक्षा रणनीति तयार गरिदै छ । तर पनि युवाहरुको आक्रोस सामु मोदीले अप्रिय अपमान बेहोर्नु पर्ने हुनसक्छ ।
विप्लब माओबादीले मोदीको भ्रमणलाइ राष्ट्रघात भन्दै बिज्ञप्ति मार्फत बिरोध जनाएको छ । बैद्य माओबादीले पनि मोदीलाई कालोमोसो दल्ने भन्दै सिपि गजुरेलले दिएको अभिव्यक्ति चर्चामा रहेको छ ।
ग्रेटर नेपालले पनि मोदीको नेपाल भ्रमणलाइ बिरोध जनाएको छ । मोदी पशु हो यसलाई सम्मान होइन घाँस हाल्नु पर्छ भन्दै तिब्र बिरोध र्याली गरेको छ । देशको सीमाक्षेत्रको भु-भाग कब्जा गर्ने प्रम नरेन्द्र मोदी हुन भन्दै फणिन्द्र नेपालले कडा चेतावनी दिएका छन्।
यिनै विरोधहरुलाई देशभरीबाट समर्थन मिलेको छ । मोदी नेपाल भ्रमणको विरोधमा कुनै शक्तिले अबरोध गर्न खोजे, उक्त शक्तिलाई आम नागरिकले साथ दिने बुझिन्छ।
यतिबेला सामाजिक संजालमा युवाहरुको आक्रोस मोदी तिर भन्दा ओलीतिर फर्किन थालेको छ । ओली भारत भ्रमण पछी रुष्ट बनेका नेपाली नागरिकहरु मोदी नेपाल आउने बाटो ओलीले बनाइ दिएको भन्दै अब मोसो मोदीलाई होइन केपी ओलीलाई दल्नु पर्ने बताएका छन् ।
एक युवाले सामाजिक संजालमा आक्रोश पोख्दै भनेका छन् ‘अब मोसो मोदीलाई होइन केपिलाई दल्नु पर्छ र मोदीलाई जुत्ताले हान्नु पर्छ’ ।
अर्का  युवा ट्रविटरमा भन्छन् मोदी र केपी ओलीले बिगतमा गरेको पाप जानकी मन्दीरमा पखाल्दैछन ।

Bottom Ad [Post Page]

Colorlib