प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ-
दुइ दिने नेपाल राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान मुक्तिनाथ प्रथान गर्नुभएको छ । शनिबार बिहान नेपाल सेनाको हेलिकप्टरबाट उहा ७:५५ बजे मुक्तिनाथ मन्दिर पुग्नुभएको हो ।
 स्वागतमा विछयाइएको रातो कार्पेट र बनाइएका स्वागत द्वारलाई पार गर्दै मोदी १० मिनेट हिँडेर मन्दिरपुग्दैछन्। उनको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्। उनीहरुले खादा दिएर स्वागत गरेका छन् ।
मुक्तिनाथ क्षेत्र विकास समितिले उनलाई शालिग्राम उपहार प्रदान गर्ने छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट मोदीलाई ताम्रपत्र प्रदान गर्ने बताइएको छ। सुरक्षा स्थिती निकै कडा परिएको छ। हिजो जनकपुर जानकी मन्दीरमा पुजा पाठ गर्नुभएको थियो भने आज मुक्तीनाथ दर्शन गर्न पुग्नुभएको हो।

Bottom Ad [Post Page]

Colorlib