काठमाण्डौ-
आइतबार देखि लगातार बर्षातका कारण बेनिको अन्नपूर्ण गाउँपलिका २भुरुङ तातोपानी बजारमा पहिरोले चारवटा घर पुरेको छ । बेनी जोमसोज सडकखण्डमा खसेको लेदो सहितको पहिरोले चारवटा घर पुरेको थियो।१२–१३ घरमा पहिरोले क्षति पुर्याएको हो । हिजो बेलुकी ५ बजेतिर भेल बग्न थालेपछि बस्तीका बासिन्दाले भागेर ज्यान जोगाएका थिए। अहिले डोजर लगाएर भेल हताउने काम भइरहेकोले जोखिम नरहेको ,उद्दार कार्य भइरहेको छ।हिजो आइतबार रातिको झरीका कारण पहिरो जाँदा ठाउँ – ठाउँमा सबारी आवागमन प्रभावित भएको छ।
त्सैगरी पाल्पाको सिदार्थ राजमार्गमा राति २ बजेतिर पहिरो खसेको छ।पाल्पाको तिनाउ गाउँपालिमा ३ हेडबक्स नजिकैको सडकखण्डमा पहिरोले सडक अवरुद्ध हुँदा पाल्पा–गुल्मी, स्याङजा–पोखरा र बुटवल जाने आउने गाडी रोकिएका छन् ।बिहानै देखि डोजरको सहायताले पहिरो पन्छाउन सुरु गरिएको छ भने पहिरो ठूलो भएका कारण सडक सुचारु हुन सकेको छैन । यात्रुहरु सडकमै अलपत्र परेका छन्। भने कृर्षकहरुलाइ पनी निकै अन्नबाली जनधनको क्षती पुर्याएको खबरछ।