काठमाण्डौ-
नेपाल कम्युनिस्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ । सरकारले राष्ट्रघात र जनताको स्वाभिमानमाथि कुठराघात गरेको भन्दै प्रतिरोधस्वरुप नेकपाले बन्द हिजो प्रेस बक्तब्य सहित बन्दको आह्वान गरेको हो । नेकपाका कार्यकर्ताले वीरगंजको बसपार्कमा १५ दिन देखी रोकीराखेको वीरगंज ठोरी चल्ने ग १ ख ३१४७ नम्बरको यात्रुवाहक वसमा आइतबार विहान आगजनी गरेका छन् । सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रघात गरेको भन्दै आज नेपाल बन्दको घोषणा गरेको हो। धादिङमा दुई वटा भारतीय नम्बर प्लेटको ट्रकमा आगजनी भएको छ । धादिङको धुनिबेशी ६ चालिसे बजारमा दुई वटा २० चक्के ट्रकमा बिहान २ः३० बजेको समयमा आगलागी भएको थियो । आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको गाडीमा आगजनी भएको गरेका थिए । आगलागीबाट गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ ।आगलागीबाट मानवीय क्षति भएको छैन । बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । गाडी सडक छेउमा राकेर राखिएको थियो । प्रहरीका अनुसार गाडी चालक र गाडी अन्य सदस्य गाडी रोकेर बास बसिरहेका थिए चितवनको भरतपुरमा रहेको भाटभटेनी सुपरमार्केट अगाडि आइतबार बिहानै बम विस्फोट भएको छ । विस्फोटबाट सुपरमार्केटका सिसाहरु फुटेक छन् ।त्यस्तै आइतबार बिहान चितवनको लोथरमा पनि वम विस्फोट भएको छ । पुर्वपश्चिम राजमार्गमा बिहानै सुतली बम विस्फोट भएको थियो शनिबार विज्ञप्ति जारी गर्दै नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमाथि गरिएको कुठराघातको प्रतिरोध गर्न अनिवार्य रहेकाले वैशाख ३० गतेका लागि नेपाल बन्दको घोषणा गरेको जनाएको थियो भने आज नेपाल कम्युनिस्ट पार्टीको बन्दको प्रभब देशैभरी परेपनी काठमाण्डौ उपत्यकामा भने खासै परेन।