काठमाण्डौ-
यातायात ब्यावसायीहरुले सिण्डिकेटको माग गर्दै ब्याबसायीहरुले बस ब्यावसाय ठप्प पारेपछी सरकारले यातायात ब्यावसायीहरुलाइ धमाधम पक्राउ गर्न थालेका छन। गृह मन्त्री राम बाहादुर थापा बादल को निर्देशन पछी पक्राउ गर्न थालिएको हो। यातायात क्षेत्रमा कानुन बिपरित हड्ताल गरिएको भन्दै पक्राउ शुरु गरिएको हो। यातायात ब्यावसायीको हड्तालमा उत्रेपछी सर्वसाधारण यात्रु भने मर्कामा परेका छन।
यसै गरी संघका माहासचिव पदम गाहा उपाध्यक्ष जिबन बन्जाडे पक्राउ गरेका छन। बुटवल ब्याबसायी संघका उपाध्यक्ष अशोक कुमर श्रेष्ठ हेटौडा टेम्पो मझौला यातायात ब्यावसायी अध्यक्ष ज्ञानेन्द्र कार्की र सदस्य कृष्ण न्यौपाने,कृष्ण श्रेष्ठ काभ्रे मिनी बस ब्यवसायका उपाध्यक्ष शान्ताराम ताम्राकार पक्राउ परेका हुन। २४सय बस रहेको पश्चिम बस ब्यावसायीहरुले २१ गते बिहान ४ बजेदेखि २२ गते बिहान ४ बजेसम्म बस नचलाउन सदस्यहरुलाइ निर्देशन दिएका हुन। यातायात ब्यावसाय कम्पनीमा दर्ता गरेर संचालन गर्नुपर्ने,ब्यवसथा सहितको कार्यबिधी सहितको निर्देशिका संसोधन पश्चात यातायात ब्यावसायीहरु आनदोलनमा उत्रेका हुन।