पिँजडाको पन्छी हैनौ तिमी
कसैले बन्देजमा राख्न नसकोस
खुल्ला किताब पनि होइनौ तिमी
जो पायो तेइले कोर्न नसकोस
तिमी हौ अटल र विशाल समुद्र
कुनै माझीले तरेर पार गर्न नसकोस
भगवानको अमुल्य रचना,नारी हौ तिमी
चिप्ला वचनले तिमीलाई कमजोर बनाउन नसकोस।