काठमाण्डौ
सिन्धुलीको मरिण गाउँपालिका देखि काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट करिब ५०० मिटर तल सुनकोशी नदीमा खसेको हो।घट्नास्थलबाट १ जनाको शव निकालिएको छ २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ।भने ४ जना घाइतेको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल उपचार भइरहेको छ। घाइते मध्ये ४ जनाको अवस्था सामान्य रहेको छ। गाडीको पूर्ण भाग पानीमा डुबेको छ।
सवार प्रतक्षयदर्शी धुलिखेल अस्पतालमा उपचार गराइरहेका घाइते, आशिष लामाले भने, ‘डाइभरले उताबाट बाइक आएपछि उसलाई जोगाउन अलि जोखिम मोले, बाइकको गति धेरै नै थियो, पछि हामी सुनकोशीमा खसेछौं उसलाई जोगाउदा चालक आफैं रहेनन् ।’
दुर्घटनास्थलमा उद्धारका लागि प्रहरी टोली र स्थानीय खटिएका छन् । बसमा कति यात्रु सवार थिए र कति हताहती भन्ने बारे पूर्ण विवरण आउन बाँकी छ ।