
मुकागे यौन हिंसाबाट पीडितहरुलाई उपचार गर्दै आएकी चिकित्सक हुन् भने मुरद मानव अधिकारकर्मी हुन्। उनीहरुलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसाको सिकार हुनबाट बचाउन अथक प्रयास गरेको उल्लेख गर्दै यो पुरस्कार दिने घोषणा गरिएको थियो।नर्वेको ओस्लोमा नोबेल कमिटिका अध्यक्ष बेरिट रेइस एन्डरसनले शुक्रवार यस नेबेल बिजेता डेनिस मुकवेगे र नदिया मुरद लाइ घोषित गरेका हुन।
मुकवेगेले आफ्नो युवा उमेरको लामो समय कंगोमा यौन दुर्व्यवहारमा परेकाहरुको उपचार र सहयोगमा बिताएका थिए । उनी र उनको टिमले यस्ता हजारौं पीडितको उपचार गरेको छ । नोबल शान्ति पुरस्कारको राशी करिब १० लाख अमेरिकी डलर पाउनेछन्। मुकागेले हिंसामा परेकाहरुलाई बचाउन आफ्नो जीवन समर्पण गरेका थिए भने नदियाले युद्धको समयमा भएगरेका यौन हिंसालाई बाहिर ल्याएर ठूलो योगदान गरेका थिए। नदिया आफै यौन हिंसामासमेत परेकी थिइन्। त्यसपछि उनले यौन हिंसामा परेकालाई लगातार सहयोग गर्दै आएकी थिइन।
यसै बर्ष नोबेल शान्ति पुरस्कारका लागि ३३१ जना प्रतिस्पर्धी थिए।