काठमाण्डौ:
पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय दात्तृ संस्था NGO,INGO हरुलाई ६० दिनभित्र बन्द गरी छाड्न आदेश दिएको पाकिस्तान सरकारले भनेको छ।
यो निर्णयबाट एक्सन एड, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल लगायतका संस्थाहरु प्रभावित भएका छन् ।पाकिस्तानको गुप्तचर विभागले अन्तर्राष्ट्रिय संगठनहरुलाई शंकास्पद दृष्टिबाट हेर्दछ। यसअघि पनी अमेरिकी सीआईएले ओसामा बिन लादेनलाई खोज्ने गोप्य उद्देश्यसहित फर्जी खोप अभियान चलाएको आरोप पाकिस्तानले लगाउँदै आएको थियो। सोही कारण सहित दात्तृ संघसंस्था संग बिश्वास घटेको र सोही कारण बस यस्तो निर्णय पाकिस्तान सरकारले लिएको देखिन्छ।