काठमाण्डौ:
नेपाल सरकारले आउँदो पुस १५ आइतबारदेखि जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति दिने भएको छ ।
वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न पहिलो चरणमा प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट सेवा उपलब्ध गराउन लागिएको हो ।वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन पुस १५ देखि प्रदेश नं २ र प्रदेश नं ५ दुई ठाउँबाट बैदेशिक रोजगार गर्न जान लागेको श्रमीकहरुलाइ मध्यनजर गरी सो ब्यबस्था नेपाल सरकार द्वारा उपलब्ध गरीएको हो ।हाललाई ती कार्यालयहरुबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखिकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम ति कार्यालयहरुबाट रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।विस्तारै अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयहरुबाट पनि सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म सरकारले काठमाडौं वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको थियो। काठमाण्डौ श्रम इजाजत लिन जादा धेरै भिड लाग्ने र बैदेशिन लागेका युवा जनताहरुले हप्टौदिन रातदिन लाइनमा बसेरनी पालो नपाउने बिरामी भइ ढल्ने अनी प्लेन छुटेकानी कयौ समाचारहरु पनी सुनिदै आएको थियो।