प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

काठमाण्डौ:
सन्तोष पिठाकोटे मगरको कथा लेखन र निर्देशन रहेको मगर कथानक चलचित्र "मिझार"
हङकङमा प्रदर्शन हुने भएको छ ।नेपालमा आपार सफलता, भब्य प्रर्दशन भएपश्चात  लाङ्घाली कल्याण समाज हङकङको कोष अभिबृद्धीको निम्ति  ६ जनवरीको दिन याउमातेई स्थित  हेनेरी जि ल्योङ कम्युनिटी हलमा उक्त चलचित्र प्रदर्शन हुने कुरो आयोजक सस्था लाङ्घाली कल्याण समाजका अध्यक्ष  हर्क राना मगरले जानकारी गराएका थिए । मिझार चलचित्र  मगर संस्कार र  संस्कृतिमा आधारित भए पनी नेपाली भाषामा निर्माण भएको हुँदा हङकङ बासी सम्पुर्ण मगर तथा गैर मगरहरुलाई हल सम्म आएर  मगर संस्कार र  संस्कृतिमा निर्माण भएको चलचित्रलाई पनी माया गरिदिन आवहान गरेका छन् ।

जानकारी सभामा उपस्थित  लाङ्घाली कल्याण समाजका संरक्षक तथा हङकङ नेपाली महासंघका पुर्व  अध्यक्ष  प्रदिप थापा मगर ,  हङकङ नेपाली महासंघका बर्तमान अध्यक्ष तथा लाङ्घाली कल्याण समाजका निवर्तमान अध्यक्ष  टंक राना मगर, नेपाल क्लव हङकङका अध्यक्ष तथा हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष  रिता गुरुङ लगायत अन्य अतिथिहरुको माझ कार्यक्रमको पोस्टर सार्वजनिक गरेका थिए ।
Premier Show in Hong Kong
मगर फिल्म: "मिझार"
6 January 2019 Sunday
Yau Ma Tei Community Hall
6:30 PM
टिकट जोर्डन सब्जि मार्केट्मा  अवस्थित 88 convenience Store 54076161 मा उपलब्द रहेको छ वा बिस्तृत जानकारीको लागि सम्पर्क नं 53183020, 53187053, 63414385, 62386140, 52313035 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Bottom Ad [Post Page]

Colorlib