तिमीलाई आफ्नो प्राण मान्ने मान्छे म
तिम्रो साथलाई धड्कन ठान्ने मान्छे म
भिडभाड सहर भित्र अलिकति बेग्लै
तन र धन होइन मन छान्ने मान्छे म
बिश्वास साथ र म प्रति समर्पण बाट
मलाई माया गर्छौ भनि मान्ने मान्छे म
मेरो चोखो अनि पबित्र माया दिएर नि
अहिले तिम्रा लागि पराइ मान्छे म..........!!!