हिजोआज तिमी सँग बोल्न पाछैन
अनगिन्ती मनका कुरा खोल्न पाछैन
थाहा छैन के छ कुन्नी तिम्रो मनभित्र
छौ कि कतै छट्पटीमा सोध्न पाछैन
कामैकामले फुर्सद हुन्न बोल्न तिमिसित
मनमा भाको चोखो प्रीत मोल्न पाछैन
हरेक पल सम्झनामा आँउछौ घरीघरी
निर्धक्क भै सबै कुरा खोल्न पाछैन ....!!!