गरिबको छाना मुनी दीयो जल्दैन र?
तिमी बिना मेरो संसार चल्दै चल्दैन र?
शब्दै पिच्छे पोख्छौ प्रतिशोधको आगो
तिम्रो मात्र पोल्छ छाति मेरो पोल्दैन र?
भइ गो नकोट्याउ समयको घाउ मेरो
झुटै फुक्छौ झुटा कती मुख गल्दैन र?
कति गर्छौ रुप अनी बैँशको घमण्ड
तिम्रो रुप अनी बैँश एकदीन ढल्दैन र?
जिन्दगी "परिपुर्ण" अनि "भरिपुर्ण" कसैको हुदैन
र त मान्छेहरु "बाचुन्जेल" केहि न केहि कुराले "अपुरै" भएर दुनियाँ छोड्छन"यात्रा र परिकल्पना बिचको यो जिन्दगी गन्तव्य र चाहनाको टुन्गो कतै नभए पनि ,फेरि पनि जिन्दगी लाई थप उत्साह दिएर यात्रा लम्बाउनु छ चाहनाहरुले आकास नछोए पनि, एक आकार दिन चाहे
हास्दा मात्र होईन कि कहिलेकाहीँ रुंदा पनि अद्भुत खुशी मिल्ने गर्छ त्यसैले त कहिले रुन्छु, कहिले हांस्छु, कहिले पोखिन्छु अनि कहिले भरिन्छु यस्तै-यस्तै छ जिन्दगी .........!!!