प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]


किन गर्छौ रुपको घमण्ड मरेपछी के गर्छौ
कलकलाउँदो  यौवन नि झरेपछी के गर्छौ

मासु न  हो शरीर चाउरीएर जान्छ एकदीन
वरीपरी आइ यमका दुतले घेरेपछी के गर्छौ



सपना देख्न र कल्पना गर्न त निकै सजिलो हुन्छ तर ति सपनाहरूलाई 
यथार्थता र बिपनामा साकार पार्न आफुमा धैर्यता राखी काम गर्न निकै गार्‍हो रहेछ
सजिलै पाएको सफलता लामो समयसम्म टिक्दैनरहेछ 
लामो समयसम्म टिक्ने सफलता सजिलै पाइदैनरहेछ 
यो कस्तो माया जसलाइ पाउन सकिएन 
तर उनको यादमा रमाउनु खुसी हुनु पनि त माया नै रहेछ 
मुटु आज पनि पिडामा छ, अनि पीडा दिने मान्छे मुटुमा.....

मलाई  जलाउन  बिहेको कार्डभित्र सलाईदिए
उसको लागी मैले मेरै मायाको बली,चढाईदिए

यस्तो रित  कसले चलाए दुई अात्मा टुक्रिदा
सच्चा  माया भनी मायाको भाउ बढाईदिए

त्यो रातो अबिरमा खै कस्तो शक्ती अाफ्नो
हक जमाउन सिन्दुरभनी सिउदोमा सजाईदिए


उसको मनमुटु सबै मेरो साथमा छ सिङ्गो शरीर
मात्र लगि ति अन्जान ब्यक्तिको हातमा थमाईदिए

दुनियालाई के था मनमा के छ मण्डवमा देखावटी 
हासो देख्दैमा,सधै यस्तै खुसिरहनु भनि बधाईदिए.........!!!

Bottom Ad [Post Page]

Colorlib