म फेरि जानी जानी एक पटक तिम्रो बाटोमा आएको हैन प्रिय
के गर्नु समेट्नै पर्यो छरपस्ट प्रेमका अवशेषहरु
तिमी हाँस्दा हासेको सुहाउने,तिमी रुदा रोएकै सुहाउने, नभेट्दा भेट्ने रहरले सताउने ,भेट भो छुट्टिने डरले सताउने,
छुट्टियो भेट हुँदाको यादले सताउने आखिर हर बार हर पल
सताउने मीठो अत्यास रहेछ तिम्रो माया...........
आज जब तिमीलाई बाटो पारी बाट देखे
बिश्वास गर प्रिय मुटुको धड़कन येस्तो बड्यो जसरी मैले पहिले चोटी तिमीलाई देख़्दा धड़कीएको थियो
त्यो मुस्कान त्यो चन्चल्ता त्यो चमक,
एकछिन त ख़ुशी लाग्यो हेरी रहु लाग्यो तिमी म तिर आउछौ की भन्ने आश पलाई रहयो..
तर पुरा हुनसकेन म कल्पनामा रमाईरहे.....
साथ त उसैको गरियोस् जो कहिल्यै नटुटोस्
हात उसैको समाइयोस् जो कहिल्यै नछुटोस्
यो जन्म मात्रै हैन जन्मजन्मान्तर होस नाता
सिसा जस्तै सम्बन्ध नचर्कियोस् र नफुटोस् ......तपाइहरुको.......!!!