फाटेकोछ मन जतन गरि सिउँला प्यारी
तड्पी तड्पी तिम्रै यादमा जिउँला प्यारी
रहर खुशी लैजाउ सबै हाँसेर बाँच्नु तिमी,
बदलामा पीडा बोकी अाँशु पिउँला प्यारी
उठाउनु तिमी सपनाको महल पराई सँगै,
घरी घरी सम्झनामा अाफै खिउँला प्यारी
बेला बखत सम्झि दिनु तिम्रो अभागीलाई,
सन्चो बिसन्चो खबर म नि लिउँला प्यारी
केनै दिन सक्थेर गरिब समर्पणले अरु,
जुनीभर पुग्ने पवित्र माया दिउँला प्यारी.......!!!