प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

घमण्डले बताउँछ धन सम्पती कती छ संस्कारले बताउँछ परिवार कस्तो छ बोलीले बताउँछ मान्छे कस्तो छ  बहसले बताउँछ ज्ञान कस्तो छ नजरले बताउँछ अनुहार कस्तो छ स्पर्शले बताउँछ नियत कस्तो छ .....
                  प्रेम त कुनै बस्तु होईन, महसुस हो,भावना हो  प्रेमको सिमा त हुँदैन आफैमा यो एक अटुट बन्धन हो परम आनन्द दिन्छ,साचो प्रेम निस्वार्थ र अटुट हुन्छ,प्रेम कठोर तपस्या हो, त्याग हो  प्रेम जिवन हो,प्रेम मनको मन्दिर हो ,प्रेम पूजा हो प्रेम शब्दले मात्र गरेर हुँदैन.....माया गर्नेलाइ मायाले प्रेम गरेपछी यसलाइ निभाउन सक्ने हिम्मत राख र हुनुपर्छ जो तिमीमा छ या छैन बुझ्न सकिराको छैन तिमीले म प्रति देखाएका स्नेयका लहरहरु कहीले काही मन सम्म आएर यती छुन्छ कि म ब्यक्त गर्ने सक्दिन त्यसैले त पल पल हरेक क्षण तिम्रै सम्झनामा हुन्छु फुल जस्ताै रहेछ जीवन कहिले हावा हुरि सहनु पर्ने त कहिले हतसम्म झर्नु पर्ने, घाम र पानीमा अडेकाे रहेछ जिवन एकमुठ्ठी सास लिएर हिड्नु पर्ने बाचुनजेल सम्म पनी.....!
थाहा छैन कुन रात अन्तिम हुने हो
थाहा छैन कुन बात अन्तिम हुने हो 
नियाल्न चाहान्छु ती नयन 
जाहा मेरा सपना सजिएका छ्न
महसुस गर्न चाहान्छु त्यो धड्कन जुन मेरा सब्द्हरु धड्किन्छ
            बाध्यता,अभाब र आवश्यकताले सिर्जेको बाटोको गन्तब्य र अन्त्य कहाँ होला ? कि मानवीय परीवर्तन सोच नै यस्को अन्त्य हो ?कि मानव अन्त्य नै यस्को अन्तिम बिकल्प हो ??



किन मनुष्य लोभी र पापी हुदै गए कमाउने बेलामा  पर्देश रमाउने उमेर मा पर्देश  जब उमेरले नेटाे काट्छ अनि स्वदेश यतिकै मा बित्ने भाे जिन्दगानी  ....चिनी झैँ गुलियो सपना देख्दा देख्दै वास्तविकताले तितेकरेलाको तितोपन लाई उछिनेको पत्तो पाएको छैन साथी....
सुन्दर जिन्दगीमा बाँचुन्जेल हर्ष र खुसीको साथ बाच्न छोडेर किन तनावग्रस्त जिन्दगी मा पिरोलिएका छन् मानिस छिटो जिन्दगीमा अरुलाइ पनि खुशी दिएर आफू पनि खुशिका साथ जिउनु नै स्वर्ग हो

मरे पछि स्वर्ग /नर्क जाने होइन जिबन रहदै महसुस गरौं कर्मले भाग्य भेटिन्छ कि भाग्यले कर्म यताउता खोजी रहें,सबैले भन्छन निधारमा लेखिएको हुन्छ खोइ कहिले देखिने हो उत्सुक हुदै यहि निधार हरपल मैले हेरिरहें कहिले मांगे आफैसंग केही कुरा केही दिन सकिन र सम्झाएर भन्दै छु चित्त नदुखा ल ए मन तंलाइ चाहेर पनि मैले पूरागर्न नसकेको थाह छदैछ
भाग्य र कर्म रेखा ले सायद बिट मारेछ, हुदा नहुदा बोनस र नाफाको हिसाब पनि बहिखातामा कोरेछ यतिका समयमा थुप्रै इच्छा आकांक्षा मेरा र म संङ्ग सम्बन्धितका पक्कै थिए होलान नियती ले जित्यो हौशला इच्छा आकांक्षा ले हारे 
यो दौरानमा कसैमाथि अन्याय गल्टी भए क्षमा प्रार्थी छु ।
       सयद मेरा यतिका समय आउदा सम्म प्रत्येक चिज दुई पटक मुल्यवान रहेछन
एक पाउनु भन्दा अघिको समय  र अर्को गुमाईसके पछीको समय .....पर लैजाउ फूलहरु छोपिदेउ तारा जून बन्द गर गीतहरु तिम्रो याद आउँने  सबै चिजहरु.....!!!

Bottom Ad [Post Page]

Colorlib