यो सालको दशैमा पनि आउन पाइन आमा
हजुरको हातको टीका लाउन पाइन आमा
यो परदेशमा दाम छैन जती काम गरेपनि
पसिना नबगाए पैसा दिने ठाउ पाइन आमा
मेरो बाटो हेर्दै सधै रुदै बस्नु हुन्छ होला
खुसीले दुईगास खाना खुवाउन पाइन आमा
दशै आयो सबैको घर झिलिमिलि भयो कि
फर्किएर झुपडी घर नि छाउन पाइन आमा......!!!