प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

लक डाउनले गर्दा घर वरिपरिको सबै साग सब्जी खाएर  सकिन लाग्यो,अब जरा उखालेर मात्र खान बाकी छ भन्ने अब दिन आउन धेरै नहोलान तर हाम्रो दिमाग संसार कोरोनाको एन्टीडोज बनाउन लागीपरेको छ, हामी भने लकडाउनको मिती सर्ला भन्ने डरले के को गुन्द्रुक बनाउने के को सिन्की बनाउने के को मस्यौरा बनाउने भन्ने चिन्तनमै बसीराछौं हो बनाएकै राम्रो तर  कि त हाम्रो देशको क्षमता गुन्द्रुक नै होर ? साच्चिकै यस्तै पाराले ले साग सब्जीको जरा सम्म रायोको जरा ,काउलीको जरा ....प्रतिकेजी भनेर किन्नुपर्ने अवस्था नआउला भन्न सकिन्न..... साथी, लकडाउन एक महिना हुनलाग्यो  तर शहरमा ज्यालादारी गर्ने मजदुरहरुको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गइरहेको छ। न सरकार, न त सरोकारवालाको नै त्यता ध्यान गइरहेको छ।
कोरोना लग्ला नलग्ला ,६ महिना खाडी ,युरोप ,अमेरिका ,अस्ट्रेलिया लक डाउनमा गयो भने नेपालको आधा मान्छे भोकले मर्छन  कोरोना भन्दा ठुलो भाइरस युवा बेचेर कागज भित्राउने हो, रुपैयाँ कागजले पेट भर्दैन दाना पानी देशमा छैन त्यसैले हामी आत्मनिर्भर हुन उत्पादन तिर नलागी हुदैन
              त्यसैगरी  दिनप्रतीदिनको सरकारले लकडाउन थप्दै गर्दा दैनीकी मजदुरी गरी गुजारा चलाउने मजदुरहरु काठमाण्डौमा तिक्न नसकी काठमाण्डौबाट मजदुर घर जान लागेका तस्विर ले मन कटक्क पार्छ
राहत नपाएपछिको विवशता

भोक सहन नसकेपछी वाध्यताबस बाटो लाग्नुपर्‍यो के यी मानिस नेपाली होइनन्? कि नेपाली भनेको सरकारका कार्यकर्ता मात्र हुन्? के यिनीहरूको आफ्नो देशको राजधानीमा बस्ने अधिकार छैनर ?
"गाई त बाँध्यो ढुङ्ग्रोमा मोहि छैन मोहि छैन
गरिबको चमेली बोल्दिने कोहि छैन"²
यो गीत त्यसै रचना गरेको होइन रहेछ
               सरकारको सम्बन्धित निकाय, कम्पनिको पनि दायित्व हैनर भनेको तिनिहरुलाइ सकुशल घर पुर्याइदिने या राहात बितरण गरी उचित ब्यबस्था गर्ने? घर पुर्याउनु भन्दा सरकारले नै लागु गराइएको stay home को अर्थ बुझी सरकरी पक्षले नै ब्यबस्थापन गर्नुपर्ने हैनर यसरी हप्तौ दिन दिनरात नभनी पैदलयात्रामा निस्कदा जन सास्ती र माहामारी प्रकोप झन बद्ने खतरा भैदिएनर........ यो बेलामा सबैको सयोग र सदभाब रही एक आपसमा सयोग गरौ आफु पनी बचौ अरुलाइ पनी बचाउ........!!!

Bottom Ad [Post Page]

Colorlib