प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

३२-२ २०७७
काठमाडौ:
दुनियाँमा धेरै अनुहारहरु एस्ता छन मुस्कुराउदा सुन्दर देखिन्छ तर यस्तो पनि छ रिसाउदा झनै सुन्दर लाग्छ मलाई तिमी
बस यही सोचेर जिन्दगीका दुःख कष्ट र मुस्किल को सामना गर्दै आईरहेको छु अजिबको छ मान्छेको जिन्दगी हास्न खोज्दा ओठमा मुस्कान देखिदैन तर मुस्कुराउन खोज्दा आँखाका ढिलमा टिलपिल टिलपिल आँसु देखिन्छ... कतै बाध्यता छ, मुस्कुराउनु त कतै रुन खोज्दा खोज्दै नझर्ने आँसुको कहानी, कसैले बन्द कोठामा लगेर थुने जस्तै महसुस हुन्छ जहाँ आसाका किरणहरु कहिकतै कत्ती देख्दिन म....!!!

सानो ठुलो समस्याको खेल न हो जिबन
समयको परिक्षा पास-फेल न हो जिबन

सत्रु ,मित्र, माया, धोका ,आफ्नो, पराइ
सम्बन्धहरुको जाल- झेल न हो जिबन

सुखदुख लहर जस्तै हाँसो रंग प्रहर जस्तै
लोभ माया घृणा,आँसु भेल न हो जिबन........!!!
            छाडिदिन्छु "गुनासो" गर्न भन्छु फेरि "पाेल्छ मन" अनी शब्द संग खेल्छु..........मुटु भित्रका कन्दरामा सिगारिएका मन कल्पनाको क्यानभाषमा नआइदिँदा फिका फिका लाग्ने रहेछ --- आशाका चिनो चुस्कीहरु....... !

Bottom Ad [Post Page]

Colorlib