रचना / प्रित
आतालिन्छ कहालिन्छ र डराउछ मन
चङ्गा बनेर बिना धागो जस्तै हराउछ मन
भुल्दैन बिर्सनेलाई झन् सम्झि रहन्छ
छिनमै हस्ने छिनमै रुने गराउछ मन
कस्ले भन्छ मौनतामा आवाज हुँदैन
छामेर हेर कति जोडजोेडले कराउछ मन
कसैको ऑंशु कसै लाई हॉंसो बन्दो रहेछ
त्यही हॉंसो फेरी उता गुनासो बन्दोरहेछ मन
नदि झैं सम्बन्ध पनि दुई भागमा फुटे पछी
घाटीको सिक्री पनि गलाको पासो बन्दो रहेछ मन
गुन्द्री झैं तान्द्रा तान्द्रा गॉंसेर जीवन बनाउन
जिन्दगी बेला बखतमा हतासो बन्दो रहेछ मन
जब मन भित्र कसैको मायाले बास गर्छ
शब्दको तस्विरमा फिका फिका बन्दोहेछ मन
मलाई भट्टमीमा देखेर सोध्छन् मान्छे हरु
पिएको भन्दा पनि जिएको चासो बन्दो रहेछ झन झन......!!!