शुभकामना/ प्रित
असारे महिनामा , पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन के गरी बुझाउने
भन्थिन है मैच्याङ ले रुदै धरर........
सम्पुर्ण मानो रोपी मुरी फलाउने किशानी कृषक आज असार पन्ध्र दही चिउरा खाने दिन तथा राष्ट्रीय धान दिवस मानो रोपेर मुरि उब्जाउने कर्मठ असली किसान दाजु भाई दिदी बहिनीहरुलाई हृदय देखी शुभकामना ब्यक्त गर्दछु.....!!!
घरी घरी हिलो माटोले ,हान्छौ र त मरे
हिलै हिलोको बाहानामा तान्छौ र त मरे
एक मुठा रोपेर, अर्को मुठा लिदै गर्दा
मुठै पिच्छै आँखा मारेर जान्छौ र त मरे
चिप्लो माटोमा चिप्लो बदनमा टाँसे पछी
त्यही चिप्लोमा चिप्लाउन मान्छौ र त मरे
असार पन्ध्रमा खानैपर्ने ,दहि चिउरा
ती अंग अंगमा खसाल्दै खान्छौ र त मरे.......!!!