रचना
बिर्सन खोज्दैछु तिमीलाई
मान्दै मान्दैन यो मन किन?
भुली दिन खोज्दैछु तिमीलाई
याद आउदैछ झन झन किन?
हृदय देखी माया गर्ने मान्छे भन्थ्यौ
तिमीलाइ बिश्वास गर्न मेरो भुल रहेछ,
तिमीलाई चिन्न नसक्ने मेरो मन
हेर त कती कमजोर रहेछ?
फेरी पनी
उ फकाउँदै छ घाइते मनहरुको
घाऊलाई हेर
मैले जुनकिरी ल्याईदिएको छु
औंशीको साम्राज्य चिर्न
जून ल्याईदिएको छु
जुनेलीरातलाई उज्यालो पार्न........!!!