२०७७-४-२७
यहां एउटै प्रेमले कसैलाई कमजोरी बनेर मुटु दुखाउँछ त कसैलाई तागत बनेर संसार जिताउछ..... माया आफैमा नराम्रो भने होइन प्रिय ( सपनीमै बाच्ने, सपनामै हास्ने, सपनामै मर्ने) भैदिएको भए कती सुन्दर हुन्थ्यो होला यो जिन्दगी.......
त्यही मिठो सपना पनी जिन्दगीको तितो यथार्थमा उभिएर देख्नुपर्छ प्रिय बस त्यसको लागी एक पटक आखा चिम्लिएर हेर त ......!
लगाएर आगो निशानी नखोज
जलेको यो मन खरानी नखोज
भयो रात जीवन कै छैन प्रिय
अध्यारोमा सुनौलो बिहानी नखोज
उजाडेर माया फुलैफुलको बगैंचा
सुकेको बगर भित्र पानी नखोज
यता घाउ दुख्दा उता कता कता
तिमी अल्झिएको जवानी नखोज
यही मौनतामा छ तस्वीर तिम्रो
रह्यो आँसु मात्रै लगानी नखोज
रोमियो जुलिएट अनी मुना मदनले एक अर्कालाई धेरै माया गर्थे तर सधै सगै हुन पाएनन् त्यही पनी उनिहरुको प्रेम सबैका लागि उदाहरण बनेको छ त्यसैले प्रेम गर्नुहोस् तर सँधै सँगै हुने आसा नगर्नुहोस् पवित्र माया......!!!