प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

२०७७-४-२६
अलिकती रित्तिनु नै राम्रो, भरियो भने केहीका लागी ठाउ नै नरहला.... अलिकती त असफलताले घोचेको च्वास्स पनी ठिक, जसले सफलताको स्वाद चिन्न सघाउला
अलिकती विवशताले कठालो समातेकै बेस्  समस्या सित जुध्न सिकाउला

हर दिन भत्किरहेछन उज्यालोको स्पर्श संगै रातको अध्यारोमा 
म भित्र निर्माण भएका सपनाका स्वर्णिम महलहरु 
तर पनी म एक्लै छु...
थिए केही सपनाहरु साथमा
जो अहिले हैसियत सँग रिसाएर
म सँग अपरिचित भयका छन..


मेरो यो जिन्दगीको , नजिक नजिकमा तिमी छौ
मैले लेख्ने साहित्यको बिम्ब , प्रतीकमा तिमी छौ

सपनीमा ब्युझिन्छु म ,तिम्रै कल्पनामा निदाउछु
मलाई मजदुर बनाइ, मालिकमा तिमी छौ

यसरी बस्यौ कि तिमी मेरो हृदयको  स्मृतीमा
लेखमा लिखित बन्यो, तनमको कुनामा तिमी छौ

घरि घरि घडीको सेकेन्ड संगै  तिमी सम्झनुपर्छ
हो यस अर्थले साँच्चै , मेरो दिलमा तिमी छौ

लाग्छ मेरी तिमी हर दिन , पुजा गरेपछी
रातो टीका लगाइ दिने,मन मष्तिस्कमा तिमी छौ......!!!

Bottom Ad [Post Page]

Colorlib