14 aug,2020
माफ गर सानु ,यो सासको यात्राले तिमीलाइ कहिले साथ दिन्छ?
सानो छदा हात हालेरै लडिन्थ्यो सानु शरिरमा कती चोटपटक लाग्थ्यो तर दुइ-चार दिनमा निको हुन्थ्यो अहिले भावना बुझ्ने भइयो, शब्द प्राहारले नै लडिन्छ अनी मनमा चोट पुग्छ तर यो चोट जिन्दगी भरी निको नहुदोरहेछ सानु यही होला तिम्रो र मेरो जिन्दगी र परिवर्तन ।
तिमी त्यो पारी क्षितिजमा देखिने जुन जस्तै छौ: सदै हरपल
म तिमीलाई ‘छुने’ चाहना बोकेर डॉडाको टुप्पोमा पुग्छु तर सो समयसम्म तिमी ‘अर्को’ डॉडामा पुगी सकेकी हुन्छौ र यही क्रम निरन्तर चली रहे...म ‘थकित हुन्छु र घर फर्किन्छु मात्र एक ‘आशा’ बोकर- भोली फेरी त्यही सन्ध्याकालीन तिम्रो ‘आगमन’ हुनेछ भनेर....तिमी त मेरी जुन हौ नि है जुन पनी आध्यारोमै चम्किने गर्छ
आशा छ मेरो अन्धकार जिन्दगी पनी एक दिन चम्किने छ
तर कहिले? कहिकतै म हारेछु भने मलाइ माफ गरीदिनु, हरपलहरक्षण तिमीलाइ भेट्न पर्खीरहे तर यो पर्खाइ कसले जान्दछ कि सासको यात्र कहासम्म हो? सास रहुनजेल तिम्रै पर्खाइमा आगमन मै रहिरहनेछु
तिमिलाइ छोडी एक्लै रात, कटाउन सक्दिन म
मुटु भित्र बसेकी छौ तिमीलाइ, पठाउन सक्दिन म
प्रेमजालको पासो थापी,झुक्याउने धेरै हुन्छन
तिमीलाइ छोडी अन्त माया,सटाउन सक्दिन म
यति माया गर्ने मान्छे, दुनियामा कहा पाउला र
बसी सकेउ मेरो मनमा, हटाउन सक्दिन म
संसारमा सबै भन्दा सुन्दर चिज न देख्न सकिन्छ न सुन्न नै यसलाई हामीले हृदयबाट अनुभूत गरौ.........!!!