18 aug 2020
मैले छोडी आएको धरै कुराहरु सुन्दर थिए ,
जित मात्र खोजिरहनेलाइ हार दिउझै लाग्छ
मेरै वरिपरि कसैले फुलको गुच्छा दिइरहदा
मिल्ने भए झिकेर मुटु उपहार दिउझै लाग्छ
मैले छोडी आएको धरै कुराहरु सुन्दर थिए ,
चाहे त्यो खोलाको छङ्ग, छङ्ग होस् या झ्याउँकिरी काे गगन, स्कुल जाँदा बाटोमा पर्ने चौतारी,अनी त्यो मोजाको बल खेल्दा काे दौतरी जहाँ कुनै सर्त थिएन, कुनै गुनासो, नत कुनै धोका,
जाहा सबैभन्दा सुन्दर पक्ष त्यो बचपना थियो
तर आज खै कसको बिश्वास गरौ यो मनमा माया ? यहाँ आकाशको तारा झार्छु भन्ने नै जीवनभर आसु झार्ने बनाइ ओझेल पर्दा रहेछन भने ति मायाको स्वार्थी शहरमा थुप्रै प्रकारले भीड तर पनि आफुलाई एक्लो महसुस गर्थे कता कता रमाइला दृश्यले आँखालाई आनन्द भने पुर्याएकै हुन्थे फेरि पनि किन मन मान्दैन सायद त्यस्तै मनमा पिडा भएर हो कि?
ति शहरले त बुझ्न थाले तिमीले अझै मेरो प्रेम बुझ्न सकिनौ सबैको आआफ्नै कथा अनी ब्यथा be projective
मनमा भाका चिन्तापिर हट्ने भए आऊ
केके छ यो दिल भित्र साट्ने भए आऊ
यदि सम्हाल्न सक्छौ भने ढोका खुलैछ
विषयवस्तु लुकेका छन् भेट्ने भए आऊ
आएपछि जान पाउदैनौ भारी बिसाएर
आधीबेहरी तुफानसंग लड्ने भए आऊ
खोतल्न सक्यौ भने महाकाव्य तयार हुन्छ
इतिहासमा तिम्रो नाम लेख्ने भए आऊ........!!!