Dᴇᴀʀ sᴜᴍɴɪᴍᴀ
तिमी हासिदिए पो जिन्दगी पनी आफु संङै मुस्कुराउछ प्रिय
सुनाउनै नसक्ने मनका पिडाहरु मन छुने शब्द मार्फत पोख्ने गर्छु तर कसैले भन्दै थियो.. आजभोली मेरा हरेक शब्दहरु सुनेर तिमी मुस्कुराउने गर्छौ रे

जतिबेला भन्थ्यौ नि मायामा नै संसार अडीग छ, सच्चा प्रेम त्यही हो जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागी तनमन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता अनी एक अर्काप्रती अटुट विश्वास र ढृड माया विश्वास जुनिभर साथ हो भन्दथ्यौ र पनी म मायामा सद्भावना र सद्चरित्र छ भन्ने तिम्रो कुरामा दुई मत कहिल्यै राखिन प्रिय........
तर आज सपनीमा मसानघाटबाट......
एउटा लासले भन्दै थियो हेरन यि मान्छेहरु मेरो लासमा रोइरहेका छन तर अहिले म उठु त यिनै मान्छेले मलाई बाँच्न दिदैनन यहाँ हरेक चिज यस्तै छ प्रिय सुन्दा कुनै कथा लाग्छ , देख्दा एकदम आनन्द लाग्छ जब आफैले भोग्छन त बुझ्नेछन कत्ती पिडा कष्ट कयौ मनका सपनाहरु अधुरो छोडेर जानुको पिडा
घुम्दै थिए मसानघाट देखे,दुइवटा लास जलिरहेको
संगसगै थियो चिता, दुइटै आगो संग बलिरहेको
एक अन्जान घाटे मात्र, कोहि थिएन मलामी
शरिर संगै सबै सपना , हुदै थियो खरानी
मैले हेरिरहे एउटा लास एकोहोरो,घाटेले लास पोलिरहेथ्यो
त्यो लास त मेरै हो रे......! मलाई हेर्दै घाटे बोलिरहेथ्यो
ब्युझे,अतालिदै आफैलाई प्रश्न के गरे! कस्तो सपना हो यो?
अनि म संगै जलिरहेको अर्को लास......! कस्को थ्यो त्यो....?
कसैलाइ सुनाईदिनु यो खबर
घाटमा लास मात्र हैन सपनाहरू पनि जल्छ्न् कहिले काही
रोजे र खोजे जस्तो जिन्दगी कसैको हुदैन। त्यसैले रोजेको खोजेको काल्पनिक जिबन भन्दा भोगेको सत्य जिबनलाई स्विकार्नु नै खुशी हुनु हो।
(आज उनी यो संसारमा छैनन उनैको लागी मिठ्ठो माया अशिम सम्झना........!!!)