प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

26 sep 2021

यहाँ हरेक कुरामा मिसावट छ, सु:ख दु:ख,धुलो सँग धुवाँ अनी सम्बन्ध सँग स्वार्थ मिसिएको हुन्छ कसैको मौनता भित्र पनी, हजार कुरा लुकेका हुन्छन साथी त्यसलाई सुन्न कान होइन,सफा दिल चाहिन्थ्यो

 समय गुडिरहेको रेल जस्तै हो को‌ अगाडी को पछाडी पंक्षी जस्तै पङ्खा फिजाउदै उड्छ , वाणबाट छुटेको तिर जस्तै हुन्छ वृक्षबाट खसेको फलजस्तै हुन्छ, तर बलेनीको पानी जस्तै तर्किने भने होइन


जसरी एउटा फालामलाई कसैले नष्ट गर्न सक्दैन तर आफ्नै खियाले सकिन्छन अहमकारले सकिन्छ उसै गरी एउटा मानिसलाई कसैले हराउन सक्दैन आफ्नै सोच र विचारले हार्ने हो भरोसा सबैको गर्नुहोस् तर अलि बिचार गरेर हजुर यहा आफ्नै दाँतले पनी कहिले काहीँ जिब्रो टोकिदिने गर्छ हौ.... साथी तिमी खुशी छौ भने तिम्रै कारणले छौ र दुखी छौ भने पनि तिम्रै कारणले छौ (तिमी नै स्वर्ग तिमी नै  नर्क)  बुझ्नेलाइ सृखण्ड नबुझ् नेलाइ खुुर्पाको बिण


यो आशा मा कहिल्यै नचिप्लनुहोस 

कि कसैले तपाईलाई उठाउछ भनेर


यो सोचेर हाम नफाल्नुहोस नदिमा

कि कसैले तपाईलाई बचाउछ भनेर


दुनिया एउटा बैरीको अड्डा हो साथी 

तमाशा हेर्ने हरुको लागि मात्र 


यदी देख्छ तपाईलाई समस्यामा भने 

यहाँ हर कोहि ले ताली बजाउछ.........!!!

 

Bottom Ad [Post Page]

Colorlib