प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

बिचार -

कती कराउनु हुन्छ? घाटी सुक्दैन ? थाक्नु हुन्न भन्या कहिल्यै ?म त यहा सरकार सरकार भन्नेहरु देखेर पनी थाकी सके कस्तो सरकार हो ! न कहिल्यै सुन्छ न देख्छ ! 

हालै दैनिकी परिक्षणमा काठमाण्डौ उपत्यकामा मात्र २,३ हजार संख्या भन्दा बढी कोरोना संक्रमित थपिनु सामान्य कुरा लाग्दैन बाहिरको कुरा त छोडौ 

अहिले सम्म कोरोना लागेको छैन, लागी हाले छ भने पनी जे गर्छु मै गर्छु, मैले गर्न सकिन भने जे गर्छ त्यही कोरोनाले गर्छ, यो भन्दा ठुलो उपाय र साहास........ लिनु भन्दा अरु‌बिकल्प छैन जनतालाइ....!!!

    यदी सरकारले उपचार जन रक्षा गर्न नसक्ने भए कोरोना यती उती भनेर गन्न पनी छोडिदीउ कि सरकार ? ठुलाठुला संख्या देखाएर किन तर्साउछौ सोझा नेपाली जनतालाई? छोडीदिउ luckdown गरी जन्तालाइ बन्धक बनाउन कोरोना टेष्ट र क्वारेनटाइनको नाममा बिदेशी सहयोग नपुगेर हो कि? थप ९/९ महिना बितीसक्दानी अझ सरकारी अभ्यास नपुग्या हो बुझ्न सकिएन

दैनिक हजारौँको संक्रमित थपिरहेका छन् दैनिक दर्जनौँ मानिस ज्यान गईरहेका छन् कैयौ नागरिकलाइ अस्पतालले भर्ना लिन नमानेर ज्यान गईरहेकोछ यस विषयमा थप जिम्मेवार भएर दोषीमाथि कार्बाही गर्नु साटो उल्टै कोरोनाको परीक्षण र उपचार खर्च आफैले गर्नुपर्ने भनेर सरकार आफ्नो दायित्वबाट पन्छिएर जनतालाइ यो संकटको घडीमा एक्लै छोडी टुहुरो बनाएको महसुस गरेको छु !आफ्नो सुरक्षा आफै गर्नुस भन्दै सरकारले धेरै पटक हात उठाउनु यो सरकारको निर्लज्ज हो/ भाग्ला झैं लागेको थिएन 

संबिधानले नै ग्यारेन्टी गरेको छ जनताको प्राथमिक स्वास्थ्य र शिक्षा राज्यको  दायित्व भित्र पर्दछ

३५) स्वाथ्य संबन्धी हक÷

१) प्रत्येक नागरिकलाइ राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क हुनेछ कसैलाइ पनी आकस्मीक सवास्थ्य सेवाबाट बन्चित गरिने छैन ।

२) प्रत्येक नागरिकलाइ स्वाथ्य सेवामा समान  पहुचको हक हुनेछ ।

जनताको कर बाट उठाएको पैसाले सांसद र मन्त्रीले निशुल्क कोभिड टेष्ट गर्ने अनी सर्बसाधारण ब्यक्ति लाई चाही सुल्क तिर 

भन्नु कती उचित हो  आम नागरिक प्रती सरकार कहिले जिम्मेवारी हुने? स्वास्थ र शिक्षा जस्तो अनिबार्य बिषयमा किन खेलवाड सरकार? भत्ता तलब खाने सान्सद मन्त्री मेयर आदीले सोल्टी हुटेल मा बसे पनी काेराेना उपचार खर्च पाउने तर जस्ले तिरो तिर्छ र तलव भत्ता खाने र  उही जनतालाइ त्यसै छोडीदिने  वाह क्या गज्जब छ नेकपा कम्युनिस्ट समाजबादको नमुना .....  

 त्यहा माथी यो त लोककल्याणकारी राज्य, समाजवाद उन्मुख कम्निस्टको  दुईतिहाइ बहुमतको सरकार हो न्यूनतम दायित्वबाट सरकार भाग्न पटक्कै पाइदैन.....!!!

Bottom Ad [Post Page]

Colorlib