म नियालिरहेछु समयको दुर क्षितिजबाट,
धमिलो जिन्दगीका रंगिन आशाहरु
म गुनगुनाई रहेछु अन्तर्मनको शुर संगितबाट दिग्भ्रमित जिन्दगीका जटिल भाकाहरु
शक्ति रहुन्जेल जलेकै थिए
तिम्रो प्रेममा अनि घृणामा पनि
अब त जल्ने सामर्थ्य छैन
बचेको छु मात्र खरानिको रागहरु
म सुकेका पातहरु झै छरपस्ट थिए आएर सङ्गाल्यौ जिबनको जिउने आश पलायो सलाइ बालेर आगो सल्कायौ ताप्न न्यानो ठान्यौ जले म खरानी बनेर...........!!!