प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

बेड नपाएर छटपटिएका बिरामीलाई अस्पतालले भन्छ बिरामीलाई चाहिने अक्सिजन र भेन्टीलेटर आफैं जोहो गर्नुस,अक्सिजन खोज्न गयो सिडियोको सिफारिस खोज्छ,सिडियो अस्पतालको चिट्ठी खोज्छ्न अनि यो लकडाउनमा न गाडी चल्छ? यति गर्दा सम्म बिरामी देह त्याग्नु अघि कति तड्पिदो हो ?  दाहसंस्कारको लागि मसानघाट- मृतक आफैले खोज। हामी सरकार र दल हौं- राजनीति गर्छौ। हाम्रो राजनीतिको लागि भाग्यले बाँचेकाहरू- सरकारलाइ कर तिर खासमा 'अक्सिजन'को कमीले होइन, राजनीतिले फालेको 'कार्बनडाईअक्साईड'ले जनता आफै मर्दैछन्।त्यसैले सरकार जनता मार्ने यो भन्दा अलिक सजिलो तरिका छैन?

प्रिय साथीहरु

* सरकारसँग सांसद किन्ने पैसा छ,

* पशुपतिमा गजुर हाल्ने पैसा छ,

* रथयात्रा गर्ने पैसा पनि छ,

* समर्थक छोराछोरी पाल्ने पैसा छ,

* अर्बौंंअर्ब भ्रष्टाचार गर्ने पैसा छ,

* अवैध नियुक्ति गर्ने पैसा पनि छ,

तर, अस्पताल, बेड र अक्सिजन छैन। किनकि, यो सरकारको जिम्मा होइनर?


अरुको भर पर्नुभन्दा आफै सुरक्षित रहनुहोस बिश्वब्यापी रुपमा फैलिरहेको covid-19 रोकथामको लागी हामीले आफ्नो समाज परिवार सुरक्षाको लागी सके सम्म हामीले कुनै कसुर बाँकी राख्नु हुदैन अत्यावश्यक काममा बाहेक बहिर ननिस्कौ घरमै बसौ, मास्क लगाऔ, एक आर्कामा दुरी कायम राखौ भिडभाडमा नजाऔ, साबुन पानीले राम्रो गरी हात धोऔ #StaySafe #stayhome


Bottom Ad [Post Page]

Colorlib