प्रित

शुभकामना शन्देश

Post Page Advertisement [Top]

 अल्लारे  यो  उमेरमा ~ पिरतीको  बास  हुन्छ

चोखो माया गर्न जाने जवानी मा खास  हुन्छ!!


भमरा  र  फुलबारी  झै  संगम  मिल्न थालेपछि

उ त मेरो  नै  हो भन्ने मनमा छुट्टै आभास हुन्छ!! 



सयौ जन्म  सँगै बाच्ने बाचा  कसम  पुरा गरि 

जब एउटा धड्कन भए अर्को भने सास हुन्छ!!


प्रेम लिलाको जब _ जब भुमरीमा पर्दै जान्छन 

पाऊ भने धर्तीमा नै मन चाहिँ पुरै आकाश हुन्छ !!


अन्जानमा  नै  कहिले   कसो  छुटेपछि  माया!

न यताको न उताको जिन्दगी पुरैै  लास हुन्छ!!

Bottom Ad [Post Page]

Colorlib